Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

प्रिय घरबेटी बा,

कोरोना भाइरसको महामारीले विश्वमा मानव जीवन नै संकटमा परेका बेला मानवीय अस्तित्व जोगाउनका लागि एकले अर्कोलाई सहयोग गर्नु अपरिहार्य छ । सन् २०१९ को डिसेम्बर अन्तिम साता तिर चीनको वुहान शहरबाट सुरु भएको यो भाइरस विश्वका २१५ देशमा फैलिसकेको छ । हालसम्मको अवस्थालाई नियाल्दा, यो भाइरसबाट हाम्रो देश नेपालमा पनि ठूलो महामारी आउने निश्चित जस्तै भएको छ । दिन प्रतिदिन कोरोना संक्रमित बढिरहेका छन् । काठमाडौँ जस्तो घना बस्ति भएको शहरमा समयमै ध्यान पुर्याउन नसके ठूलो महामारी निम्तिन्छ । देशका विभिन्न जिल्लाबाट आफ्नो भविष्य बनाउन भनेर काठमाडौँ छिरेका थुप्रैका सपना कोरोना भाइरसले चकनाचुर बनाएको छ ।

कतिपयले खाना पाएका छैनन् त्यसैमाथि घरबेटी बा तपाइले स्वास्थ्य क्षेत्रका मानिसहरुलाई घर प्रवेश गर्न नै रोक लगाउनु भयो रे । कोरोना भाइरसले निम्त्याएको यो महामारीलाई नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई यस्तो गर्नु कतिको उचित होला ? घरबेटी बा, यदि कुनै कारणबस तपाइ पनि संक्रमित हुनुभयो भने यिनै स्वास्थ्यकर्मीले तपाइको ज्यान बचाउँछने हैनन र ?

काठमाडौँमा बस्ने थुप्रै विद्यार्थीहरु र दैनिक मजदुरी गरेर खाने वर्ग तथा निजी क्षेत्रमा काम गर्नेहरु नै यो लकडाउनले प्रभावित बनेका छन् । उनीहरुलाई अहिले नै भाडा चाहियो भन्दै घरबाट निकाल्नु कतिको जायज हो घरबेटी बा ? हामी रह्यौ भने, जीवन रह्यो भने पैसा त कमाउँला, घरभाडा उठाउँला, पिकनिक जाउँला, रमाइलो गरौँला यदि मानव जीवन नै रहेन भने त्यो पैसाको के काम घरबेटी बा ?

प्रिय घरबेटी बा,

तपाईले यस्तो विषम परिस्थितिमा डेरावाल हरुलाई घरबाट निकाल्नु उचित लागेन । हो, तपाईको घर हो तपाईको अधिकार छ तर बर्षौ देखि तपाईको घरमा बसेर धेरैको सपना पुरा गर्ने मानिसलाई निकाल्नु उचित छैन । तपाइको घरको भाडा दिन केही ढिलाई भयो होला, नेपालमा मात्र हैन विश्वमा नै अर्थतन्त्र तहस–नहस भएको छ । आज जीवन रह्यो भने तपाईको घर भाडा त २ महिना पछि पनि दिन सकिन्छ नी हैन र ? जीवन नै नरहे त न तपाइको घर भाडा आउँछ, न त उसका अधुरा सपना सपना पूरा हुन्छन् ।

त्यसैले घरबेटी बा, तपाईलाई फेरि पनि म विन्ती चढाउँछु, मानवीयता देखाऊँ सबै मिलेर कोरोना सँग लडौँ, अनि देश बनाउन लडौँ, पैसा त कमाउँला नी तपाई हामी सँगै मिलेर अगाडी बढे देश अगाडी बढ्छ की ?

घरबेटी बा, मैले लेखेको कुराले केहि चित्त दुख्यो भने क्षमा चाहन्छु ।

– उही गाउँबाट काठमाडौँ पस्दै जापान पुगेको ठिटो

तपाईको प्रतिक्रिया