Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

काठमाडौँ – कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्र नै संकटमा छ। यो अवस्थामा स्वास्थ्यप्रतिको चिन्ता पनि बढ्दो छ। तर, यो अवस्थामा साथीसंगी, आफ्न्तसँग प्रत्यक्ष भेट्न गाह्रो छ।

एकअर्काेको खबर थाहा पाउन, घरमा रहन सुझाव दिनको माध्यमका लागि कयौँ प्रविधिको प्रयोग भइरहेको छ। यसमा फोनसँगै सामाजिक सञ्जाल पनि पर्छन्।

यहीबीचमा फेसबुकले आफ्नो इमोजीको संख्या पाँचबाट बढाएर ६ पु-याएको छ। जसमा केयरको नयाँ इमोजी थपिएको छ। जो यस समयमा युवाहरु खुब प्रयोग गरिरहेका छन्।

युवासँगै अन्य पुस्ताका पनि यो इमोजीको प्रयोग गरिरहेका छन्। यो समयमा कोरोना संक्रमणबाट सबै त्रासमा रहेका छन्। र, यो इमोजीको माध्यमबाट आफन्त र साथीहरुलाई केयरको खबर दिइरहेका छन्। यो  इमोजीको बीचमा दिल बनाइएको छ। जो एकअर्कालाई जोडन सहयोग गरिरहेको छ।

तपाईको प्रतिक्रिया