Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – महिना पुरा बर्षको १२औँ भागको एक भाग भन्ने बुझिन्छ।

सामान्यतया अंग्रजी महिना २८ देखि ३१ दिनको हुन्छ भने नेपाली महिना २९ देखि ३२ दिनको हुन्छ। पुरा बर्ष भरिमा १२ वटा महिनाहरू हुन्छन्।

अङ्ग्रेजी वर्षमा पहिलो महिनालाई जनवरी भनिन्छ भने  अन्तिम महिनालाई डिसेम्बर भनिन्छ ।

अङ्ग्रेजी वर्षका १२ महिनाका नामका पछाडी आफ्नै छुट्टै रहस्य छ ।

यी नामहरुको पछाडी भएका रहस्य यस्तो छ:-

१. जनवरी

जनवरी महिनालाई रोमानको भगवान जानुसको नाम दिइएको हो । जेनसको २ अनुहारहरू थिए भन्ने विश्वास गरिन्छ । जानुसले एउटा अनुहारको मदतले भविष्यलाई हेर्ने गर्थ्यो भने अर्को अनुहारको मदतले अतीतलाई हेर्न गर्थ्यो भन्ने बिश्वाश गरिन्छ ।

२. फेब्रुअरी

फेब्रुअरी महिना रोमन भगवान फेब्रुयलिया पछि नामाकरण गरिएको हो , फेब्रुअरी महिनाले एक विशेष महत्व राख्ने गर्छ । यस महिनालाई शुद्धिकरण हुने महिना पनि भनिन्छ ।

३. मार्च

यस महिना रोमनका युद्धका देवता मार्स पछी नामाकर गरिएको हो । यो महिना रोमन क्यालेण्डरमा पहिलो पटक राखिएको हो तर जनवरी र फेब्रुअरी पछि थपिएको महिनाहरू हुन् । पहिलो पटक क्यालेण्डरमा राखिएको महिना भएकाले यसले बिषेश महत्व राख्ने गरेको छ |

४. अप्रिल

यस महिनाको नाम ल्याटिन शब्द “Aperire” बाट आएको हो । यस शव्दको अर्थ “खोल्न” भन्ने हुन्छ । यस महिनाले बसन्त ऋतुमा फुलहरु फुल्ने र सुगन्ध फैलाउने भनेर अर्थ राख्ने गर्छ ।

५. मे

मे महिना ग्रीक देवी “Maia” पछि नामाकरण गरिएको हो । “Maia” बोटबिरुवा हुर्काउने देवी हुन् भनेर विश्वास गरिन्छ। मे एक सुन्दर महिना हो जसलाई एक सुन्दर नाम दिएको छ ।

६. जुन

जून एक यस्तो महिना हो जहाँ धेरै विवाहहरू हुन्छन् र अचम्मको कुरा के छ भने, यो रोमन देवी “जुनो” को नाममा राखिएको महिना हो । “जुनो”लाई जन्म र विवाहको देवी मानिन्छ । उनी बृहस्पतिकी श्रीमती पनि हुन् , जसलाई देवताहरूको राजा पनि भनिन्छ ।

७. जुलाई

यस महिनाको नाम पुरानो रोमन साम्राज्यको प्रभावशाली व्यक्ति जुलियस सीजरको नाम पछि राखिएको हो ।

८. अगस्ट

अगस्ट महिना पुरातन रोमन विश्वको एक प्रभावशाली व्यक्तित्वको नाममा राखिएको हो, अगस्टको नाम अगस्टस सिजरबाट आएको हो ।

९. सेप्टेम्बर

सेप्टेम्बर सेप्टेमबाट आएको शब्द हो, जुन ल्याटिन भाषामा ७ नम्बरका लागि प्रायोग हुने गर्छ ।

१०. अक्टुबर

सेप्टेम्बर जस्तै, अक्टुबर शुरुमा आठौं महिनाको रुपमा “ओक्टो”बाट लिइएको हो | ओक्टो ल्याटिन भाषामा ८ नम्बरका निम्ति प्रायोग हुने गर्छ ।

११. नोभेम्बर

नोभेम्बर महिना जनवरी र फेब्रुअरी महिना भन्दा अगाडी नामकरण गरिएको महिना हो र यस महिनालाई बर्षको ९ औ महिनाको रुपमा प्रयोग गरिएको थियो । यस महिनाको नाम ल्याटिन शब्द नोभेमबाट लिइएको हो, जसको अर्थ ल्याटिन भाषामा ९ हुन्छ ।

१२. डिसेम्बर

यस महिनाको नाम ल्याटिन शब्द, डेसेमबाट आएको हो, जसको अर्थ अंग्रेजीमा दस हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया