Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
काठमाडौं- उच्च माध्यमिक शिक्षा परिषद्को सम्बन्धनप्राप्त उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका अभिभावकले यस वर्षदेखि एउटा विषयमा पाँच नम्बरको प्रयोगात्मक परीक्षा दिनुपर्ने भएको छ । पाठ्यक्रम महाशाखाले ‘ह्युमेन भ्यालु’ विषयको पाठ्यक्रम मन्त्रीस्तरबाट स्वीकृत गराई यसै वर्षबाट पढाउन अनुमति दिएको हो ।
सो विषयमा जम्मा २५ नम्बरको प्रयोगात्मक राखिएको छ । ‘२० नम्बर विद्यार्थी र पाँच नम्बर अभिभावकका लागि हो,’ पाठ्यक्रम महाशाखा प्रमुख रामचन्द्र पाण्डेले भने, ‘अभिभावकको अन्तर्वार्ता लिएर सो विषय वर्षभरि पढेर विद्यार्थीमा के–कस्तो परिवर्तन आयो भन्ने जानकारी लिन्छौँ ।’ १५ साउनमा मन्त्रीस्तरीय निर्णयबाट सो पाठ्यक्रम स्वीकृत भएको थियो ।
सकेसम्म विद्यार्थीका आºनै बाबुआमालाई बोलाएर अन्तर्वार्ता लिने र त्यो सम्भव नभएमा विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नेसँग अन्तर्वार्ता लिने उद्देश्य राखिएको छ । परिषद्को पाठ्यक्रम महाशाखाले कक्षा ११ र १२ का लागि एक/एक सय पूर्णांकको पाठ्यक्रम निर्माण गरिसकेको छ । यस वर्षदेखि कक्षा ११ मा मात्र पढाइ सञ्चालन हुनेछ । महाशाखा प्रमुख पाण्डेले भने, ‘अनुमति माग्न आउनेलाई यो वर्षदेखि नै पढाउन स्वीकृति दिन्छौँ ।’ यो विषय अध्यापनका लागि छुट्टै
जनशक्ति तयार नभएकाले तत्कालका लागि स्नातकोत्तर तह सकिएकालाई तालिम दिएर कक्षा सञ्चालन गरिने पाण्डेले बताए ।
पाठ्यक्रम निर्देशिकाअनुसार समूह ‘च’ नजुध्ने गरी ह्युमेन भ्यालु विषय पढाउन सकिनेछ । सो विषय मानविकी, विज्ञान, व्यवस्थापन तथा शिक्षा जुनसुकै संकायमा पनि पढाउन सकिने बताइएको छ ।
परिषद्ले अहिलेसम्म कक्षा ११ र १२ मा गरी एक सय ३८ विषयको पाठ्यक्रम तयार पारिसकेको छ । यस वर्ष नयाँ र परिमार्जन गरी ६ विषय शिक्षामन्त्री स्तरबाट स्वीकृत भएका छन् । ह्युमेन भ्यालु भने नयाँ विषय हो । त्यसबाहेक संगीत चतुर्थपत्र, न्याय, व्याकरण रचना, कृषि, संगीत कक्षा ११ र १२ (परिमार्जन) पाठ्यक्रम स्वीकृत भएको हो ।
अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले चौतर्फी मूल्यहीन अवस्था सिर्जना भएका बेला विद्यार्थीलाई मानवीय मूल्य सिकाउनु राम्रो रहेको बताए । उनले भने, ‘सामान्यत: विद्यार्थीमा भएको परिवर्तनको जानकारी लिन अभिभावक बोलाउनु र पाँच नम्बर छुट्याउनु राम्रो पक्ष हो तर यसको प्रक्रिया ठीक हुन्छ कि हुँदैन भन्नेलगायत कुरा विस्तृत अध्ययन गर्नुपर्छ ।’

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया