Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
बाग्लुङ- रोजगार र अध्ययनका लागि देश छाडेका युवायुवतीले विदेशीसँग घरजम गर्ने क्रम बढेको छ। सम्बन्धित मुलुककी युवतीसँग बिहे गरे ‘रेसिडेन्सियल कार्ड’लगायत विभिन्न सेवासुविधा छिटो पाइने भएकाले उच्चशिक्षा र धन आर्जनका लागि विकसित मुलुकमा पुगेकाहरूले उतै घरजम गर्न थालेका हुन्।
अध्ययनका लागि अमेरिका पुगेका हटिया-३ का विशाल घिमिरेले अमेरिकी युवतीसँग घरजम गरे। उतै बिहे गर्दा छिटो कार्ड बनेपछि काम गर्न र पैसा कमाउन सहज हुने भन्दै अभिभावकको अनुमतिमा उनले बिहे गरेका हुन्।
हटिया-३ कै विकल ढकाल र मदन श्रेष्ठले अमेरिकी, गल्कोटका दिलु खत्रीले जापानी, लेखानी-२ का डिलाराम कँडेलले जापानी, जैदीका गुरुप्रसाद शर्माले बेलायतकी युवतीसँग बिहे गरेका छन्। राङखानीकी चेतना शर्माले क्यानाडेली युवकसँग दाम्पत्य जीवन सुरु गरेकी छन्। यसबाहेक हङकङ, सिंगापुर, कोरियालगायत देशमा बिहे गर्ने बाग्लुङेहरूको संख्या पनि बढ्दो छ।
लेखानी र बिहुँका आधा दर्जन युवाले विदेशी केटीसँग बिहे गरेको लेखानीका नरेश कँडेल बताउँछन्। ‘विदेशीसँग बिहे गरेपछि भिसा रिन्यु गर्न सजिलो हुँदो रहेछ,’ उनले भने, ‘यहाँ श्रीमती भएकाहरूले पनि उता दोस्रो बिहे गर्ने गरेका छन्।’ लेखानीका डिलाराम कँडेलले जापानमा दोस्रो बिहे गरे। उनले यहाँ रहेकी श्रीमतीलाई नियमित रकम पठाउनुका साथै आउजाउसमेत गर्ने गरेका छन्।
नेपालीसँग भाषा, संस्कृति, परम्परा, लवाइखवाइ नमिले पनि रोजगारी र अन्य सेवासुविधामा सजिलो हुने भएकाले अभिभावकहरूले समेत विदेशमा बिहेको स्वीकृति दिने गरेका छन्। ‘अमेरिकी केटीसँग बिहे गरे, छिटो कार्ड बन्छ भनेपछि स्वीकृति दियौं,’ विशालकी आमा यावतीले भनिन्।
विदेशमा लामो समय बसेपछि युवतीसँगको संगत, उठबस, आउजाउले सम्बन्ध सुरु भएपछि बिहेमा परिणत हुने गरेको छ। अधिकांशले श्रीमतीलाई स्वदेश ल्याउनेसमेत गरेका छन्।
बेलायतकी सानसँग बिहे गरेका जैदीका गुरुप्रसाद शर्मा श्रीमती र छोराछोरी साथ नेपाल आउने गरेका छन्। ‘नेपालको घर आउन पाउँदा भाउजु निकै खुसी हुनुहुन्छ,’ गुरुप्रसादका भाइ भागीरथले भने।
बेलायती युवतीसँग बिहे गरेर दुई छोरा जन्मे पनि शर्माले नेपाली नागरिकता त्यागेका छैनन्। ‘भाउजुको नाममा उतै घर किन्नुभएको छ, ‘भागीरथले भने, ‘नेपाली नागरिकता त्याग्दा आउन जान समस्या हुने भएपछि अनलिमिटेड रेजिडेन्स भिसामात्र लिनु भएको छ।’
छोराहरूले विदेशमा बिहे गरेकामा अभिभावक भने त्यति खुसी छैनन्। आफूहरूलाई बिर्सेर उतै पलायन होलान् भन्ने चिन्ता छ। छोरीले क्यानाडामा बिहे गरेपछि अब नेपाल आउने सम्भावना निकै कम रहेको राङखानीकी यमुना शर्माले बताइन्। ‘जन्म ठाउँमा रहेका आफन्तसँगको आत्मीयता घटाउँदो रहेछ,’ उनले भनिन्।
विदेशीसँग सामाजिक परम्परा, रीतिरिवाज, बोलीचाली, उठबस नमिल्ने भएकाले पनि अभिभावकहरू असन्तुष्ट देखिन्छन्। छोरा नेपाल फर्किएपछि पुनः नेपालमै बिहे गर्न दबाब दिने विशालकी आमाले बताइन्। ‘छोरो आएपछि यतैकी केटी बिहे गर्ने हो,’ यावतीले भनिन्, ‘सामाजिक परम्परा नै मिल्दैन।’
अन्तरजातीय बिहेलाई नपचाउने स्थानीयले विदेशी युवतीसँगको बिहेलाई भने सहजरूपमा लिने गरेका छन्। विदेशीसँग गरेको बिहेले संस्कृति र संस्कारमा घुलमिल हुन नसक्दा निरन्तरता पाउन कठिनाई हुने समाजशास्त्रीहरू बताउँछन्।
‘छोटो अन्तवर्क्रियाबाटै बिहे भएकाले जोडीबीच घुलमिल हुन सकेन भने जीवन बिताउन कठीन हुन सक्छ,’ त्रिवि, समाजशास्त्रका प्राध्यापक टीकाराम गौतमले भने, ‘नयाँ पुस्तामा विदेशमै बिहे गर्ने क्रम बढ्दो छ। यसको प्रभाव आउन लामो समय लाग्ला।’

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया