Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
काठमाडौं- एउटा ढुकुर दिनहुं एउटै समयमा आउँछ, दिनभरि बिरामी रुङ्छ र फर्किन्छ । मान्छे र पशुपक्षीबीचको मित्रता त सुनिँदै/देखिँदै आएको हो तर ढुकुर नै यसरी बिरामी कुरुवा बनेको खबर भने पत्याउन मुस्किलै पर्छ ।
 तर, मोरङ जिल्लाको सुन्दरपुर गाविस–४ मा पत्याउनैपर्ने घटना भएको छ । बिरामी कुरुवा ढुकुर हेर्न हिजोआज बिरामीको घरमा घुइँचो नै लाग्ने गरेको छ ।
५० वर्षीया धनमाया गुरुङ बिरामी परेपछि उनलाई एउटा ढुकुरले साथ दिइरहेको छ । धनमायालाई कुर्न हरेक दिन बिहानै ढुकुर आउने गर्छ । यो क्रम करिब २२ दिनदेखि जारी छ । स्थानीय बासिन्दाका अनुसार पेटसम्बन्धी रोगबाट पीडित धनमायालाई कुर्न ढुकुर बिहान ६ बजे आउँछ । दिनभर बिरामीको साथमै बसेर ढुकुर साँझ ६:४५ बजेतिर फर्कन्छ ।
‘यतिसम्म कि ढुकुर समाउन खोज्दा अरूसँग मान्दैन भने बिरामीसँग सहजै मान्छ,’ स्थानीय किशोरी अस्मिता राईले टेलिफोन सम्पर्कमा भनिन्, ‘अरूले दिएको खानेकुरा पनि खाँदैन, बिरामीले दिएको मात्र खान्छ ।’ कमजोर आर्थिक अवस्थाका धनमायाका पति, तीन छोरा र एक छोरी छन् । उनका सबै छोराछोरीको बिहेबारी भइसकेको छ । दुई छोरा वैदेशिक रोजगारमा र माइला छोरा सुनसरीको इटहरीस्थित एक सुनचाँदी पसलमा काम गर्छन् । माइला छोराबुहारी र पति धु्रवसँग बस्दै आएकी धनमायालाई दुई महिनादेखि पेटसम्बन्धी रोगले सताएको हो ।
स्थानीय विष्णुमाया राईका अनुसार विराटनगरस्थित एक अस्पतालले अचेत अवस्थाका बिरामीलाई उपचार सम्भव नहुने भन्दै फर्काएपछि पाँच दिनअघि मात्र पेटमा जमेको पानी इटहरीका एक चिकित्सकले घरमै आएर फालिदिएका थिए । पानी फालेपछि विगतमा भन्दा स्वस्थ महसुस गरेकी धनमाया सहज रूपमा बोल्न सक्ने भएकी छन् । कान्छा छोराले पठाइदिएको खर्च पनि सकिएपछि हाल पत्नीको उपचारका लागि धु्रवले चन्दा सहयोग जुटाउन थालेको राईले बताइन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया