Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
काठमाडौं- एमालेको युवा संगठन युवा संघ नेपालका कार्यकर्ताले प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादव चढेको गाडी नियन्त्रणमा लिएका छन् ।
सार्वजनिक बिदाका दिन सरकारी गाडी दुरुपयोग गरेको भन्दै संघका कार्यकर्ताले यादव चढेको गाडी शुक्रबार साँझ नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् । भक्तपुरबाट फर्कंदै गर्दा यादवको गाडीलाई संघका कार्यकर्ताले नयाँबानेश्वर चोकमा साँझ पौने पाँच बजे नियन्त्रणमा लिएका थिए । यादव बा. १ झ ८६८० नम्बरको गाडीमा भक्तपुरमा गाईजात्रे कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कंदै थिए ।
जाँचका क्रममा यादव चढेको गाडीको पास नभएको भेटेपछि उनीहरूले गाढीको चाबी खोसेर सडक सुरक्षामा खटिएका प्रहरीलाई बुझाएका थिए । संघका अध्यक्ष महेश बस्नेतले सार्वजनिक बिदाका दिन पनि विनापास सरकारी गाडी चलाएको पाइएपछि यादवको गाडी नियन्त्रणमा लिएको जानकारी दिए । उनले भने, ‘सार्वजनिक बिदाका दिन सरकारी गाडी चलाउनु सरकारी सम्पत्तिको दुरुपयोग हो, त्यसैले यसो गरिएको हो ।’
संघको काठमाडांै क्षेत्र नम्बर १ का अध्यक्ष रामजी सापकोटाका अनुसार बिदाका दिन सरकारी गाडी चलाउन लिएको अनुमतिपत्र माग्दा यादवले दिएनन् । सापकोटाले भने, ‘गाडीको पास माग्दा हामीलाई पास नचाहिने भन्दै विवाद गर्न खोजे अनि हामीले गाडीको चाबी खोस्यौँ ।’
दुई घन्टासम्म गाडी नियन्त्रणमा राखेपछि पत्रकार सम्मेलन गरेर संघले गाडी प्रहरीलाई बुझाएको थियो । उक्त गाडी महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । सापकोटाका अनुसार गाडीको चाबी थुतेपछि यादव परिवारका सदस्यसँग एक रेस्टुरेन्टमा छिरेका थिए । यादवले भने संघका कार्यकर्ताले गाडीको चाबी नथुतेको दाबी गर्दै गाडी तोडफोड हुने डरले आफैँले प्रहरीलाई बुझाएको बताए ।
उनले संघले चलाएको अभियानको प्रशंसासमेत गर्दै राजनीतिक नियुक्ति पाएका व्यक्तिका लागि भने यस्तो गरिनु राम्रो नभएको प्रतिक्रिया दिए । भने, ‘राजनीतिक नियुक्ति पाएका व्यक्ति १० देखि ५ बजे हाजिर गर्ने कर्मचारीजस्तो होइन, उनीहरू जुन बेला पनि काम गर्नुपर्ने भएकाले यसका लागि बेग्लै व्यवस्था गरिनुपर्छ ।’
शुक्रबार सार्वजनिक बिदा छ भन्ने हेक्का नभएकाले सरकारी गाडी प्रयोग गरेको दाबी गर्दै उनले सरकारी सम्पत्ति दुरुपयोग गर्ने सरकारका मन्त्रीदेखि उच्च तहका कर्मचारीलाई कारबाही गरेर देखाउन चुनौती दिए । सार्वजनिक बिदा सकिएपछि मात्रै गाडी लिन जाने उनले बताए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया