काठमाडौं– प्रमुख दलहरुले शान्ति प्रक्रियामा एक ऐतिहासिक सहमति गर्नेक्रममा मंगलबार राति केही रोचक कुरा पनि भएका छन् ।पहिलो
दलहरुबीच सहमतिमा हस्ताक्षर भएपछि त्यसको वाचन गर्नेक्रममा एमाले नेता भीम रावलले आफ्नो दलको नाम नै अर्कै भने । उनले सुरुमा हस्ताक्षर गर्ने दलका अध्यक्षको नाम भन्नेक्रममा उनले माओवादी अध्यक्ष र कांग्रेस सभापतिको नाम नबिगारी भने ।
तर एमाले अध्यक्ष झलनाथ खनालको नामपछि पार्टीको नाम भने उल्टो पढे । उनले भने– झलनाथ खनाल अध्यक्ष एकीकृत कम्युनिष्ट पार्टी मार्क्सवादी लेलिनवादी । पत्रकारले एमाले हैन र ? भने उनले फेरि एकीकृत नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी लेलिनवादी तर खास चाँही नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी लेलिनवादी भन्नुपर्ने थियो । तीनपटक सच्याउँदा पनि स्पष्ट नाम भनेनन् ।
दोस्रो
सहमतिमा चारैजनाले हस्ताक्षर गरेपछि त्यहाँ उपस्थित नेताहरुले हात उठाएर एकताको सन्देश दिन खोजे । तर साइडमा बसेका माओवादी उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा भने उठेनन् । नजिकै रहेका कांग्रेस नेता मिनेन्द्र रिजालले बोलाए । तर दुवै नेताले मानेनन् ।
त्यसपछि रिजालले नै तपाईंहरुको कुरा खुलस्त राख्नुस् भनेपछि वैद्यले सहमतिमा आफ्नो असहमति रहेको र आफ्नो धारणा बुधबार सार्वजनिक गर्ने बताए ।








