Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौँ – पछिल्लो समय साइबर आक्रमणका घटनाहरु बढी रहँदा यस सम्बन्धि विभिन्न तथ्यहरु पनि सार्वजनिक हुँदै गएका छन् ।

साइबर आक्रमणमा ह्याकरहरुको मुख्य भूमिका हुने गर्छ । ह्याकरहरुले व्यक्तिले टाइप गरेको किबोर्डको आवाज सुनेरै पासवर्ड पत्ता लगाउन सक्ने एक अध्ययनले देखाएको छ ।

स्मार्टफोनमा हुने माइक्रोफोनको मद्दतले उनीहरुले हामीले किबोर्डमा टाइप गरिरहेको पासवर्ड सुन्ने र सहजै थाहा पाउन सक्ने बताइएको छ।

अनुसन्धानकर्ताहरुका अनुसार यो तरिका यति प्रभावकारी छ कि सयौँ मानिसहरु टाइप गरिरहेको अत्यन्तै हल्लायुक्त सार्वजनिक स्थलबाट समेत पासवर्ड थाहा पाउन सकिन्छ।

टेक्ससस्थित साउदर्न मेथोडिस्ट युनिभर्सिटी, एसएमयु का अध्ययनकर्ताले किबोर्डले निकाल्ने विभिन्न ‘साउन्ड वेभ’को विश्लेषण गर्ने क्रममा यस्तो पत्ता लगाएका हुन्।

यसरी ‘एकस्टिक सिग्नल’ प्रोसेस गरिसकेपछि उनीहरुले टाइप गरिएका अक्षर सजिलै थाहा पाएका हुन्। यो तरिकाले पासवर्ड मात्र नभएर मान्छेको व्यक्तिगत इमेल र मेसेजहरु पनि ह्याक गर्न सकिने बताइएको छ।

स्मार्टफोनमा प्रायः कुनैपनि एप डाउनलोड गर्दा त्यसले माइक्रोफोन लगायत हाम्रो डिभाइसका विभिन्न टुलको पहुँच पाउन ‘पर्मिसन’ मागिरहेको हुन्छ।

यो कतिपय अवस्थामा एप सञ्चालनका लागि आवश्यक भएपनि ह्याकरहरुले सहजै दुरुपयोग गर्न सक्ने वा उनीहरु आफैँले त्यस किसिमको एप निर्माण गर्न सक्छन्। त्यस्तै गोप्य रुपमा हाम्रो मोबाइलको माइक्रोफोन हाइज्याक गर्न फोनमा भएका एप ह्याक गर्न पनि सक्ने बताइएको छ।

डाक्टर लार्सनले भनेका छन्, हामीले सुरक्षा प्रणालीका कमजोरीबारे अध्ययन गरिरहेका थियौँ। यस्तोमा हामीले स्मार्टफोनमा हुन सक्ने ‘अल्वेज अन’ अर्थात सधैँ अन रहने ‘सेन्सिङ डिभाइस’ फेला पारेका हौँ।

यसपछि हामीले किबोर्ड वा ल्यापटपमा टाइप गरेका कुरा थाहा पाउने कोशिश गर्यौँ । र आश्चर्यजनक रुपमा केबल एउटा एपकै मद्दतले टाढाको टेबलमा राखिएको मोबाइल फोन मार्फत टाइप भएका कुरा थाहा हुन सक्छ भन्ने पत्ता लगाएका छौँ।

यस्तोमा अनुसन्धानकर्ताहरुले पीडितलाई आफ्नो डिभाइस ह्याक भइरहेकाबारे कुनै खबर नहुने चेतावनी दिएका छन्। तर यसका पनि केही सीमित परिस्थिति हुन्छन् जस्तै ह्याकरलाई हामीले टाइप गरिरहेको टेबलबारे थाहा हुनुपर्छ किनकी फलाम र काठले निकाल्ने साउन्ड वेभ प्याटर्न फरक हुन्छन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया