Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडाैं – दशैंको अवसरमा हुवावे नेपालले आफ्नो ग्राहकहरुको नयाँ अफर ल्याएको छ । हुवावे फोनको खरिद गरी ग्राहकले एउटा सहज प्रतियोगितामा सहभागी भएर हुवावे स्मार्ट स्केल, बाली भ्रमण (४ रात-५ दिन) वा थाइल्याण्ड भ्रमण (४ रात/५ दिन) जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले बताएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यस प्रतियोगितामा सहभागी हुनको लागि सर्वप्रथम त हुवावेको प्रयोगकर्ता हुनुपर्नेछ । हवावे फोन किनेपछि आफ्नो मान्य आईएमईआइ नम्बर राखेर गत भदौ २९ गतेदेखि असोज १७ गतेभित्र फेसबुकमा एउटा फर्म भरेको हुनुपर्ने कम्पनीले जनाएको छ । सहभागीले सहभागिताका लागि भरेको फर्मको हरेक जानकारी सही हुनुपर्नेछ र लक्की ड्रद्वारा विजेताको घोषणा गर्ने बेला र पुरस्कार प्रदान गर्ने बेला सोही जानकारीलाई आधार मानिनेछ ।

यस प्रतियोगिताका लागि दर्ता गरिसकेपछि उपहारको घोषणाबारे थाहा पाउनको लागि हुवावेको फेसबुक र इन्स्टाग्राम पेज फलो गर्नुपर्नेछ । आफ्नो साथी र परिवारजनलाई पनि यस दशैंमा उपहार जित्न मौका प्रदान गर्न आफ्नो पोष्टलाई लाइक, कमेन्ट र सेयर गर्नसक्ने कम्पनीले बताएको हो ।

तपाईको प्रतिक्रिया