Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – नेपाल दुरसंचार प्राधिकरणले ६ महिनापछि इन्टरनेशनल मोवाइल इक्विपमेन्ट आइडेन्टिटी कोड ‘आइएमइआइ’ दर्ता नभएका मोवाइलमा बन्देज लगाउने भएको छ।

अवैध रुपमा भित्रिएका मोबाइललाई नियन्त्रण गर्ने उदेश्यसहित प्राधिकरणले एमडिएमएस ‘मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ लागू गर्न लागिएको प्राधिकरणले जनाएको छ।

यो सिस्टम लागू गर्नका लागि प्राधिकरणले भारतको ओएसआई कन्सल्टेन्सी, मलेसियाको न्युमेरा (एम) एसडिएन बिएचडी र सिंगापुरको नमस्ते ग्लोबल कम्युनिकेसनलाई ठेक्का दिइसकेको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए।’हामीले तीनवटा कम्पनीलाई यो प्रणाली लागू गर्नका लागि ठेक्का दिइसकेका छौँ। उनीहरुले काम सुरु गरिसकेका छन्। आउँदो छ महीनामा एमडिएमएस प्रणाली लागू हुनेछ।’ उनले  भने।

प्रवक्ता अर्यालका अनुसार एमडिएमएस सेवा विस्तार गर्नका लागि ७० लाख ६६ हजार अमेरिकी डलर लागत रहेको छ।’यस अघि प्राधिकरणले आधिकारिक कम्पनीले ल्याउने गरेको मोवाइलमा रहेको आइएमइआइ नम्बरलाई म्यानुअल रजिष्ट्रेशन गर्दै आएको थियो भने निकट भविष्यमा वेववेस मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) मा दर्ता गर्नेछ।

प्राधिकरणले यस अघि भन्सार छलेर अवैध रुपमा आयात हुने विद्युतीय उपकरण ट्र्याकिङ गर्ने इक्विपमेन्ट आइडेन्टी रजिष्ट्रर (इआइआर) प्रणाली लागु गरिसकेको छ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया