Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – विश्वको सबैभन्दा लोकप्रिय ग्याजेट जाइन्ट एप्पलले आइफोनको नयाँ मोडल आइफोन ११ सार्वजनिक गरेको छ । एप्पल क्याम्पस कुपरटिनो क्यालिफोर्नियाको स्टिभ्स् जब्स अडिटोरियममा आयोजित विषेश समारोहमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले आईफोनको तीन नयाँ मोडल, आईप्याड र एप्पल वाच-५ सार्वजनिक गरेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एप्पलले सार्वजनिक गरेका नयाँ मोडलहरुमा अत्याधुनिक फिचरहरु समावेश गरेको बताएको छ । एप्पलले एप्पल वाच ५ सिरिज, आईप्याडको नयाँ मोडल र आईफोनको तीन मोडल सार्वजिक गरेको छ । आइफोन-११, आइफोन-११ प्रो र आईफोन-११ म्याक्स । तीनै नयाँ मोडलमा क्यामराको लेन्स थपेको छ भने त्यसलाई अघिल्लो मोडलभन्दा निकै परिस्कृत गरेको छ । तीनै फोनमा अल्ट्रा लेन्स राखिएको छ । आईफोन म्याक्समा तीनवटा लेन्स राखिएको छ ।

एप्पलले आफ्ना सबै ग्याजेटमा गेमिङ सर्भिस पनि थपेको छ । महिनाको पाँच अमेरिकन डलर तिरेर हजारौ गेम खेल्न मिल्नेगरी एप्पल आर्केडको नयाँ सुविधा ल्याएको छ । यो सुविधा आइफोन, आईप्याड, एप्पल टीभीलगायत सबै प्रोडक्टमा राखिएको छ ।

आईफोनले मूल्य घटायो
एप्पलले प्रतिस्पर्धात्मक बजारलाई मध्यनगर गर्दै नयाँ आइफोनको मूल्य तुलनात्मक रुपमा घटाएर सार्वजनिक गरेको छ । संचारमाध्यमहरुले मंगलबार एप्पलले सार्वजनिक गरेको आईफोनको मूल्य अनुमान गरेकाेभन्दै निकै कम रहेको टिप्पणी गरेका छन् ।

आईफोन ११ को मूल्य ६९९ अमेरिकन डलर अर्थात ८० हजार ३४० रुपैयाँबाट सुरु छ। आईफोन ११ म्याक्स ६४ जिविको मूल्य १०९९ अमेरिकी डलर अर्थात एक लाख २६ हजार ३१४ रुपैयाँ छ भने ५१२ जिविको १४४९ अमेरिकी डलर अर्थात एक लाख ६६ हजार ५४० रुपैयाँ छ । आइफोन ११ को सुरु मूल्य ६९९ डलरबाट सुरु हुनु आइफोन १० भन्दा पनि सस्तो हो । साथै एप्पलले अघिल्ला मोडलहरुको मूल्य पनि घटाएको छ ।

एप्पलको नयाँ भिडियाे सर्भिस
एप्पलले नयाँ भिडियो स्ट्रिमिङ सर्भिस पनि सार्वजनिक गरेको छ । नोभेम्वर १ देखि विश्वका एक सय देशमा सुरु हुने एप्पल टिभि प्लसमार्फत नेट फ्रिल्क्ससँग प्रतिस्पर्धा गर्नेगरी मूल्य घटाएर भिडियो सर्भिस सुरु गर्ने घोषणा सिइओ टिम कुकले गरेका छन् ।

तपाईको प्रतिक्रिया