Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडाैं – अनुसन्धान गरेको एक वर्षपछि नासाले ३१ लाइट वर्ष टाढा एक ग्रह भेट्टाएको छ । उक्त ग्रह पृथ्वीजस्तै भएको जनाइएको छ। त्यहाँ जीवनको संभावना भएको बताइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नासाको अनुसन्धानमा सहयोग गरिरहेको भू-उपग्रहले इक्जो-प्लानेट अर्थात् सौर्यमण्डलभन्दा बाहिर भएको ग्रह भेट्टाएको हो । उक्त ग्रह सौर्यमण्डलका ग्रहजस्तै भएको जनाइएको छ। उक्त ग्रहले समेत सौर्यमण्डलमा रहेका ग्रहजस्तै एक तारालाई परिक्रमा गर्दछ । जसरी पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ त्यसरी नै भेटिएको नयाँ ग्रहले तारालई परिक्रमा गर्ने जनाइएको छ ।

नासाले एक वर्षदेखि पृथ्वीको दक्षिणी आकाशबाट अनुसन्धान गरिरहेको थियो । सौर्यमण्डलभन्दा बाहिर पनि ग्रह भएको अनुमानपछि यो अनुसन्धान थालिएको थियो ।Image result for exoplanets३१ लाइटवर्ष टाढा ग्रह भेटिएपछि यसले सौर्यमण्डलजस्तै अन्य तहहरु भएको पत्ता लागेको छ । यस्ता ग्रहहरु कैयौं हुने अनुमान गरिएको छ । अनुसन्धान जारी राखिएको छ । अहिले भेटिएको ग्रह पृथ्वीजस्तै भएको जनाइएको छ । त्यहाँ जीवन भएको अनुमान गरिएको छ । उक्त ग्रहले एम–ड्वार्फ तारालाई परिक्रमा गर्दछ । यसलाई जीज ३५७ नाम दिइएको छ ।

यो ग्रह पृथ्वीभन्दा ८० प्रतिशत ठूलो भएको जनाइएको छ । यस्ता ग्रहहरु कैयौं रहेको वैज्ञानिकहरको भनाइ छ । केही वैज्ञानिकले यस ग्रहलाई सुपरअर्थ पनि भनेका छन् । –एजेन्सी

तपाईको प्रतिक्रिया