Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
काठमाडौं- माओवादी पोलिटब्युरो सदस्य एवं सभासद् हितमान शाक्यले आफ्ना स्वकीय सचिव (पीए)लाई पारिश्रमिक नदिएको खुलासा भएको छ ।
स्वकीय सचिव नवीन तामाङले संविधानसभा सचिवालयमा शाक्यले आफूलाई दिनुपर्ने ८१ हजार २ सय ६२ रूपैयाँ नदिएको उल्लेख भन्दै ‘तलब उपलब्ध गराइपाऊँ’ भन्ने व्यहोराको पत्र दर्ता गराएपछि यस्तो खुलासा भएको हो ।
तामाङले तीन महिना मासिक ४ हजारका दरले मात्र पारिश्रमिक दिएको त्यसपछि नदिएको पत्रमा उल्लेख छ । तामाङ ०६८ बैशाखदेखि स्वकीय सचिव भएका थिए। त्यसअघि वाईसीएलका दिलिप प्रजापतिका सहयोगी थिए।
संसद् सचिवालयबाट भने सभासद् शाक्यले स्वकीय सचिवको पारिश्रमिकबापत प्रतिमहिना १३ हजार ९० रूपैयाँ बुझेका छन्।
साउनमा कर्मचारीको तलब वृद्धिसँगै स्वकीय सचिवको पारिश्रमिक बढेर मासिक १८ हजार रुपैयाँ पुगेको छ। त्यसयता तामाङले एक पैसा पनि पाएका छैनन्।
पैसा दिन पटक-पटक आग्रह गरेपछि असोज २४ गते सभासद् शाक्यले मौखिक रूपमा स्वकीय सचिवबाट हटाएको जानकारी दिएको तामाङले निवेदनमा उल्लेख गरेका छन् ।
वैद्य पक्षीय शाक्यका पीए तामाङ पनि सोही पक्षधर हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया