Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडाैं – भारतको चेन्नईस्थित एक अस्पतालमा डाक्टरले सात वर्षको बच्चाको तल्लो बंगाराको शल्यक्रिया गरेर ५२६ वटा दाँत निकालेको छ । बच्चाको दायाँ गाला सुन्निएको थियोे ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

डाक्टरले दाँतको अस्वभाविक विकासको कारण मोबाइल टावरबाट हुने रेडिएशन जिम्मेवार हुनसक्ने बताएका छन् । यस्तो घटना संसारको पहिलो भएको डाक्टरले दाबी गरेका छन् । डाक्टरले यो स्थितीलाई कम्पाउन्ड कम्पोजिट अन्डोटोम नाम दिएको छ ।

शल्यक्रिया पछि बालकले भने, ‘अब कतै पनि दुख्दैन’
सबिता डेन्टल कलेजका ओरल सर्जन डा. पी सेन्थिलनाथनले भारतीय मिडियालाई दिएको जानकारी अनुसार ती बालकको  निकै लामो समयदेखि  दायाँ बंगारामा सुन्निएको थियो ।

अत्यधिक सुन्निएपछि अभिभावकले उनलाई अस्पताल पुर्याए । एक्स-रे र सिटी स्क्यानमार्फत् पत्ता लाग्यो कि बंगारामा केही दाँत यस्ता छन् जो आधा विकसित छन् । यस्तोमा शल्यक्रियाको निर्णय लिइयो ।

सेन्थिलनाथन भन्छन्, ‘दाँत बंगाराको भित्री भागमा थिए जसलाई बाहिरबाट देख्न मुश्किल थियो । बिरामीलाई एनेस्थेसिया दिएपछि उनको बंगाराको एउटा भाग निकालियो जसको तौल २ सय ग्राम थियो । शल्यक्रिया गर्दा त्यसमा ५२६ वटा साना, मध्य र ठूला आकारका दाँत पाइयो ।’

डाक्टरले यस्तो प्रकारको अस्वभाविक विकासको कारण थाहा हुन सकेन । कतिले यस्तो मोबाइल टावरबाट हुने रेडिएसन वा कुनै आनुवांसिक समस्याका कारण हुनसक्ने बताए ।

डाक्टरले भने, ‘शल्यक्रियाको क्रममा हामीले उसको स्वस्थ दाँतलाई त्यत्तिकै छोडिदियौं । अस्वाभाविक रुपमा आएका दाँतलाई निकै सावधानीपूर्वक निकालियो । यसअघि कसैको पनि यति धेरै दाँत देखिएको थिएन । यसअघि सन् २०१४ मा एक किशोरको मुखबाट २३२ वटा दाँत निकालिएको थियो ।’

तपाईको प्रतिक्रिया