Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडाैं – भिडियो शेयरिङ एप टिक टकको सफलतापछि यसलाई बनाउने कम्पनी अब स्मार्ट फोनको बजारमा आउने तयारीमा लागेको छ । टिक टक अहिलेको समयमा सबैभन्दा तीव्र गतिमा बढ्दै गएको सोसल मिडिया एप हो । जसका करिब ५० करोड प्रयोगकर्ता छन् । टिक टकमा १५ सेकेण्डको भिडियो पोस्ट हुने गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो एपलाई प्लेस्टोरबाट करिब १०० करोड पटक डाउनलोड गरिसकिएको छ । टिक टकको डेभलपर बाइटडान्स अब स्मार्टफोनको दुनियामा प्रवेश गर्न विचार गरिरहेको छ । बाइटडान्ससँग टिक टक बाहेक केही अन्य भिडियो र न्यूजमा आधारित एपको पनि स्वामित्व रहेको छ । यसमा स्लैक,फ्लिपचार्ट र टोटिओ पनि सामेल रहेका छन् । यी मध्येमा सबैभन्दा प्रचलित एप टिक टक नै हो ।

चीनको आर्थिक पत्रिका कैजिंगले जनाए अनुसार बाइटडान्सको नयाँ मोबाइल सात महिनाभित्र आउने सम्भावना छ । बाइटडान्स मात्रै यसरी भिडियो हुँदै मोबाइलमा प्रवेश गरेको पहिलो कम्पनी भने होइन । यसअघि सन् २०१३मा चीनको सेल्फी एप बनाउने कम्पनी मीतुले पनि स्मार्ट फोनको दुनियाँमा प्रवेश गरेको थियो । मीतुले युवाहरुलाई ध्यान दिँदै सेल्फी फोन निकालेको थियो । मीतुको फोन चीनमा सोशल मिडियामा राम्रो क्यामेरा,तीब्र अटो फोकसका साथै आर्टिफिसियल इन्टेलिजेन्सको लागि राम्रो मोबाइल बताइने गरेको थियो ।

तर, चीनमा पहिलादेखि नै कैयौं स्मार्टफोन बनाउने कम्पनी रहेका छन् । यो अवस्थामा कुनै नयाँ कम्पनी यो बजारमा उत्रिदा त्यसको कति प्रभाव पर्ला ? यसको जवाफ दिन मुश्किल रहेको छ । सीसीएस इनसाइटका टेक्नोलोजी विशेषज्ञ बेन उड भन्छन्,’मौजुदा हालतमा कुनैपनि नयाँ कम्पनीको लागि स्मार्टफोन लिएर बजारमा उत्रिएर आफ्नो स्थान लिन निकै मुश्किल रहेको छ । यो समय एप्पल, स्यामसुङ र हुवावे जस्ता कम्पनीले बजारमा राज गरिरहेका छन् ।’

नयाँ कम्पनी बजारमा जब आउँछन्, उनीहरुको चर्चा जोडले हुने गरेपनि फेरि केही समयमा नै बजारबाट गायब हुने गरेको उनी बताउँछन् । फेसबुकले सन् २०१३मा फेसबुक लन्चर नामको एन्ड्रोइड निकालेकोमा एक वर्षमा नै त्यसलाई बन्द गर्नुपरेको थियो ।

ठूला कम्पनीको दबदबा
फेसबुक, गुगल र अमेजन जस्ता ठूला कम्पनीले पनि आफ्नो दुनियाँमा केही न केही गरिरहेका छन् । सोसल मिडिया एपबाट शुरु गर्ने फेसबुकको साथ यो समयमा ह्वाट्स एप र इन्स्ट्राग्राम जस्ता ठूला कम्पनीको स्वामित्व रहेको छ ।यद्यपि फेसबुकले आफ्नो एन्ड्रोइड लन्चर एप निकालेको भएपनि त्यसमा उ सफल हुन सकेन ।

अमेजनले सन् २०१४मा फायर फोन लन्च गरेको थियो । यस्तै गुगल कम्पनीले गुगल पिक्सल स्मार्टफोन निकालेको हो । त्यसमा उसलाई सफलता मिलेपनि सोसल नेटवर्किङमा गुगल प्लसलाई सफलता मिल्न सकेन । अमेजन कम्पनीको ट्याबलेट र इ–रिडर्स मानिसहरुले मन पराएपनि यही कम्पनीको फायर फोनलाई भने मानिसहरुले मन पराइदिएनन् ।

तपाईको प्रतिक्रिया