Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – सामाजिक सञ्जाल फेसबुकले आफूलाई विशेष जानकारी दिने प्रयोगकर्तालाई पैसा दिने नयाँ एप ल्याउने भएको छ ।

स्टडी नाम दिइएको उक्त एप एन्ड्रोइडमा उपलब्ध हुनेछ । स्टडी एपले प्रयोगकर्ता कुन कुन एप्लिकेसन, कुन देशबाट कति समयसम्म प्रयोग गरिरहेका छन् भन्ने जानकारी लिने छ ।

फेसबुकले स्टडीमार्फत प्रयोगकर्ताका सन्देश, पासवर्ड र खोलेका वेवसाइटहरूजस्ता वैयत्तिक र गोप्य विवरण भने संकलन नगरिने जनाएको छ । यसअघि फेसबुक रिसर्च नामको एपबाट फेसबुकले यस्ता डाटाहरू संकलन गर्न लागेको थियो । तर उक्त एपले टिनेजर्सलाई लक्षित गरेको र गोपनियतामाथि हस्तक्षेप गरेको भन्दै विरोध गरेपछि बन्द गरिएको थियो । फेसबुकले फेरि त्यस्तै खालको एप सार्वजनिक गर्न लागेको हो । तर स्टडी एपमा सहभागी हुने प्रयोगकर्ता १८ वर्ष कटेको हुनुपर्छ । फेसबुक एकाउन्टमा भएको जन्ममितिका आधारमा उमेर तय हुनेछ । फेसबुकले यसरी तयार भएको विवरण विज्ञापन पठाउन वा अन्य प्रयोजनका लागि प्रयोग नहुने बताएको छ ।
फेसबुकबाट पैसा पाउन प्रयोगकर्ताको पेपल खाता हुनुपर्नेछ । कति विवरण दिएवापत कति पैसा पाइन्छ भन्नेबारे खुलाइएको छैन । यो एप सुरूमा अमेरिका र भारतमा लञ्च गरिनेछ । सबै फेसबुक प्रयोगकर्ताले स्टडी एप प्रयोग गर्न पाउने छैनन् । लक्षित प्रयोगकर्ताको समूहको वालमा फेसबुकले स्टडी एपको विज्ञापन देखाउने छ । त्यसैमा क्लिक गरेर साइन इन गर्न सकिने समाचार संस्था एपीले जनाएको छ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया