Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

काठमाडौं – सामाजिक संजाल फेसबुकलाई हालसम्मकै ठूलो जरिवाना गरिएको छ । गोपनीयतासम्बन्धी चासोहरूको व्यवस्थापन गर्न फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन् ।

अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी) का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ । कुनै पनि कम्पनीले प्रयोगकर्ताको गोपनीयता उल्लङ्घन गरेको आरोपमा ५ अर्ब डलर जरिवाना तिरेको यो पहिलो पटक हो ।

एफटीसीले राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताहरूको डेटा प्राप्त गरेको आरोपको जाँच गरेको थियो।

अब फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ। उक्त समितिमा फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकरबर्गको नियन्त्रण रहने छैन।

तपाईको प्रतिक्रिया