Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौँ – चीनबारे जान्नैपर्ने १३ कुरा:

१ अमेरिकाले सय वर्षमा जति सिमेन्टको प्रयोग गरेको थियो, चीनले त्यो भन्दा पनि धेरै सिमेन्ट सन् २०११ देखि २०१३ को बीचमा प्रयोग गरेको थियो । चीनले यी तीन वर्षभित्र ६,६१५ मिलियन टन सिमेन्टको प्रयोग पूर्वाधार विकासमा लगाएको थियो ।

२ २००० ईसा पूर्वको आसपास आईस्क्रिमक खोज सबैभन्दा पहिले चीनमै भएको थियो । पहिलो आइस्क्रिम दूध र चामल मिसाएर बनाइएको थियो ।

३ नेपाल भन्दा ६७ गुणा ठुलो भए पनि चीन एउटै मात्र टाइम जोनमा रहेको देश हो ।

४ चीनमा बढ्दो वायु प्रदुषणका कारण त्यहाँ शुद्ध हावाको क्यान बेच्न थालिएको छ। शुद्ध हवा पाँचयुआन प्रति क्यान बेच्ने गरिएको छ। शुद्ध हावा तीन प्रकारका छन् । १० ‘तिब्बतको असली हावा’, २ क्रान्तिकारी याहयान र, ३० पोस्ट(इन्डस्ट्रियल ताइवान ।

५ हामीले चाउमिन या अन्य परिकारसँग खाने ससको प्रयोग पनि चीनबाटै सुरू भएको थियो । त्यसैगरी मसालेदार माछाको सस पनि यहीँको उत्पादन हो ।

६ फुटबल खेलका लागि चीनलार्इ नै श्रेय दिइन्छ। फिफाका आठौँ अध्यक्ष सेप ब्लाटरले पनि फुटबलको सुरूवातका लागि चीनलार्इ नै श्रेय दिएका थिए । विज्ञहरूका अनुसार चीनमा फुटबलको खोज दोस्रो र तेस्रो शताब्दीमा भएको थिययो ।

७ चीन आधिकारिक रूपमा नास्तिक देश हो । तर यहाँ इटलीको जनसंख्या भन्दा धेरै ईसाई धर्मावलम्बी छन् । चीनमा ईसाई धर्म मान्ने करिब ५ करोड ४० लाख मानिस रहेका छन् । जबकि इटलीमा ४ करोड ७० लाख मानिसको बसोबास छ । यही गतिमा जाने हो भने चाँडै नै चीन विश्वकै सबैभन्दा ठुलो ईसाई देश बन्न सक्नेछ ।

८ चिनिया कुकुरको पनि मासु खान्छन् । तर, केही वर्षयता यसमा व्यापक कमी आएको छ । अब चिनियाले कुकुर बिरालोलार्इ घरपालुवा जनवार बनाएर राख्न थालेका छन् । यहाँ मानिसको मन पर्ने मासु सर्पको पनि हो ।

९ चीनमा हरेक दिन औसत १७ लाख सुँगुर काटिन्छन् । चीनमा सुँगुरको मासु सबैभन्दा धेरै मन पराइन्छ । तर, थोर कमार्इ हुनेका लागि भने सुँगुरको मासु किन्न सजिलो भने छैन ।

१० हङकङका चिनियाहरू एक एक दिन छुट्टी लिएर आफ्ना पूवर्जको चिहानको सफार्इ गर्न जाने गरेका छन् ।

११ परम्परागतरूपमा चीनका महिला रातो रंगको लुगमा बिहे गर्छन् । रातो रंगलार्इ चीनमा भाग्यमानी रंग भनिन्छ । जबकि सेतो रंगलार्इ यहाँ मृत्युको प्रतीकका रूपमा लिइन्छ ।

१२ विश्वमा रहेका हरेक पाँचजना मानिसमा एकजना चिनियाँ रहेका छन् ।

१३ सन् १९७८ मा चिनिया कम्युनिस्ट पार्टीले पूँजीवादी बजार सिद्धान्त पेश गरेको थियो । जब १९८० को दशकमा चीनले जब आफ्नो बजार खोल्यो, तबदेखि चीन विश्वको सबैभन्दा ठुलो उत्पादक बनेको छ । चीनको अर्थव्यवस्था पछिल्लो तीन दशकबाट औसत १० प्रतिशतका दरले बढ्यो । यस्तो सन् २०१० मा रह्यो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया