Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौँ – मोबाइल फोन प्रयोगकर्ताको संख्या ७ अर्ब ९० करोड पुगेको छ ।

इरिक्सन मोबिलिटी रिपोर्ट अनुसार, गत वर्षको सोही अवधिको तुलनामा सन् २०१९ को पहिलो त्रैमासिकमा मोबाइल सब्सक्रिप्सन २ प्रतिशतले बढेको हो ।

सन् २०१९ को पहिलो ३ महिनामा विश्वमा मोबाइल फोन प्रयोगकर्ताको संख्या ४ करोड ४० लाखले वृद्धि भएको छ ।

पछिल्लो एक वर्षमा मोबाइल प्रयोगकर्ताको संख्यामा सबैभन्दा धेरै वृद्धि चीनमा भएको छ । एक वर्षमा चीनमा मोबाइल प्रयोगकर्ता ३ करोड थपिएका छन् । त्यस्तै नाइजेरियामा ५० लाख र फिलिपिन्समा ४० लाखले वृद्धि भएको छ ।

त्यस्तै मोबाइल ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताको संख्यामा १५ प्रतिशतले वृद्धि भई ६ अर्ब पुगेको छ । यो कूल मोबाइल प्रयोगकर्ताको ७६ प्रतिशत हो ।

रिपोर्ट अनुसार मोबाइल प्रयोगकर्तामध्ये ६० प्रतिशत स्मार्टफोन प्रयोगकर्ता छन् । कतिपय देशमा त त्यहाँको कूल जनसंख्या भन्दा मोबाइल फोन प्रयोगको घनत्व रहेको छ । यसो हुनुको प्रमुख कारण भनेको एकजनाले धेरैवटा मोबाइल सेट बोक्नु तथा मोबाइल नम्बर लिएर प्रयोग गर्न छाडेका समेत हुनु हो । विश्वमा कूल मोबाइल सेवा खरीदको संख्या ७ अर्ब ९० करोड रहेको भए पनि मोबाइल फोन प्रयोग गर्ने वास्तबिक जनसंख्या भने ५ अर्ब ७० करोड हो ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया