Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – माइक्रोसफ्ट कम्पनीले आफ्नो उत्पादन विन्डोज सेभेनमा गर्दै आएको प्राविधिक सहयोग अब चाँडै बन्द गर्ने भएको छ । कम्पनीले १४ जनवरी २०२० सम्ममा विन्डोज सेभेनलाई गर्दै आएको सम्पूर्ण प्राविधिक सहयोग बन्द गर्ने घोषणा गरेको हो ।

माइक्रोसफ्ट अफिसका धेरैजसो प्रयोगकर्ताहरुले विन्डोज सेभेनलाई अत्यधिक रुपमा रुचाइ रहेको अवस्थामा कम्पनीको यस्तो घोषणाले दुखित बनाएको छ । कम्पनीले भने विन्डोज टेनमा उपभोक्ताहरुलाई अपडेट गर्न आग्रह गर्दै यसअघि सूचना प्रकाशित गरिसकेको छ । माइक्रोसफ्ट वेबसाइटका अनुसार विन्डोज सेभेनका प्रयोगकर्तालाई आफ्नो पुरानो सिस्टममा विन्डोज सेभेन चलाउन सक्ने जानकारी दिइएको छ ।

कम्पनीले विन्डोज दश अपडेट गरेपछि आफ्नो प्रयोगकर्तालाई नयाँ पिसी खरिद गर्न सुझाव दिएको छ । कम्पनीले निर्धारित समय सकिएपछि पनि विन्डोज सेभेन चलाउन भने मिल्ने जनाएको छ । त्यसमा प्राविधिक अपडेट भने हुने छैन । जसका कारण सफ्टवेयर तथा सुरक्षा अपडेट नहुँदा भाइरस तथा मालवेयरको खतरा रहने छ । सुरक्षित रहनका लागि विन्डोज टेन प्रयोग गर्न उपयुक्त हुनेछ ।यसको सबै फिचरको रमाइलो लिन नयाँ कम्प्युटर लिनुपर्ने कम्पनीले जनाएको छ । यद्यपि, तपाईंले पुरानो कम्प्युटरमा पनि विन्डोज टेन प्रयोग गर्न सक्नुहुनेछ । तर यसको सबै फिचरको अनुभव लिन चाहानु हुन्छ भने नयाँ कम्प्युटर आवश्यक हुने कम्पनीको भनाई छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया