Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – फेसबुकले अव अनलाईनमा आर्थिक कारोवार गर्न मिल्ने नयाँ डिजिटल मुद्रा बजारमा ल्याउने भएको छ ।

उक्त सोसल मिडिया कम्पनीका अनुसार लिब्रा नाम दिइएको उक्त मुद्रा मुद्रामार्फत् मानिसहरूले उसको आफ्नै एप्स तथा ह्वाट्सएपबाट आर्थिक कारोबार गर्न सक्नेछन्। भविष्यमा उबर र भिसाजस्ता कम्पनीले समेत त्यसलाई स्विकार गर्न सक्ने फेसबुकले बताएको छ।

फेसबुकका अनुसार इन्टरनेटको पहुँचमा भएका र स्मार्टफोन बोक्ने सबैले लिब्रा प्रयोग गर्न सक्नेछन्।मानिसहरूले पैसाको बचत, समयको बचतसंगै लेनदेन र खर्च मोबाइलमा मेसेज पठाए जसरी नै सहज तरिकाले गर्न सकुन् भन्ने आफूहरूले चाहेको फेसबुकले बताएको छ। संभवत अर्को बर्षदेखि यो प्रचलनमा ल्याईने बताईएको छ ।

डिजिटल मुद्रा अस्थिर हुनसक्ने भन्दै कतिपयले चिन्ता व्यक्त गर्ने गरेका छन्। फेसबुकले भने अहिले प्रयोगमा रहेका बिट क्वाइन जस्ता डिजिटल मुद्राका अनुभवबाट सिक्दै लिब्रालाई परिष्कृत गरिने बताएको छ। त्यसलाई स्वतन्त्र रूपमा व्यवस्थापन गरिने र वास्तविक सम्पत्तिसंग जोड्ने उसको योजना छ। गुगल पे, एपल पे र सामसङ् पे जस्ता भुक्तानी सेवा बजारमा आईसकेको अवस्थामा फेसबुकको त्यस्तो भुक्तानी सेवासम्बन्धी योजना बाहिर आएको हो।
कालान्तरमा मानिस र व्यवसायलाई थप सेवाहरू दिने फेसबुकको अपेक्षा छ । जस्तो कि, एउटा बटन थिचेर बिल तिर्ने, कोडको स्क्यान गरेर कफी पिउने अथवा नोट नबोकिकनै सार्वजनिक यातायात वा रेल चढ्ने आदी ।
स्रोतका अनुसार फेसबुकमा डिजिटल कारोबार गर्दा न्यूनदेखि शून्य सेवा शुल्क खर्च हुने बताईएको छ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया