Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – एप्पलले हालै सार्बजनिक गरेको नयाँ आइओएस १३ मा प्रयोगकर्ताका लागि एप्पल डिभाइसहरुमा केही उत्कृष्ट फिचरहरु उपलब्ध गराउने भएको छ । उक्त नयाँ अपरेटिङ सिस्टम सार्वजनिक गर्दै एप्पलले यस अपरेटिङ सिस्टमले माउस सपोर्ट गर्ने जनाएको छ । अर्थात् यो अपरेटिङ सिस्टम प्रयोग गरिएका आइफोन तथा आइप्याडहरुमा अब कम्प्युटर माउस पनि प्रयोग गर्न सकिने भएको छ । धेरै एप्पल प्रयोगकर्ताले आइफोनका लागि माउस सपोर्टको कुनै आवश्यकता नभएको सोसल मिडियामा बताईरहेका छन् । फ्यानका ती प्रतिक्रियाको जवाफ दिँदै एप्पलले यसको खास कारण बताएको छ । आइफोनलाई अझै बढी पहुँचयोग्य बनाउनका लागि आइफोनसमेत माउसबाट चल्ने बनाइएको उसको दाबी छ ।

नयाँ अपरेटिंग सिस्टममा माउस सपोर्ट उपलब्ध हुने बताइएको भए पनि कुन-कुन डिभाइसले यसलाई सपोर्ट गर्दछन् भन्ने आधिकारिक जानकारी एप्पलले दिएको छैन ।

आइफोन र आइप्याडमा माउस सपोर्ट फिचर सबै प्रयोगकर्ताका लागि उपयोगी भएता पनि यसले विशेष क्षमता भएका ठूलो संख्याका प्रयोगकर्ताका लागि चाहिँ निकै उपयोगी हुने बताइएको छ । आगामी सेप्टेम्बरसम्ममा नयाँ अपरेटिङ सिस्टम आइओएस १३ सबै एप्पल प्रयोगकर्ताका लागि उपलब्ध गराउने योजना एप्पलको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया