Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – नेपाल प्रज्ञा–प्रतिष्ठान र गैह्र आवासीय नेपाली संघ भाषा साहित्य उपसमितिद्वारा संयुक्त रूपमा नेपालभन्दा बाहिर रहेर नेपाली कथा विधामा कलम चलाइरहनुभएका कथाकारहरूका नेपाली भाषामा लेखिएका कथाहरूको सम्पादन गरी संग्रह प्रकाशन गरिने भएको छ ।
सो पुस्तक प्रकाशनका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, गैह्र आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र पूर्व अध्यक्ष जीवा लामिछाने सल्लाहकार समितिमा रहनुभएको छ ।
यसैगरी सम्पादक मण्डलमा नेपाल प्रज्ञा–प्रतिष्ठानका तर्फबाट प्राज्ञ परिषद् सदस्य डा. हेमनाथ पौडेल, श्रीमती माया ठकुरी र प्राज्ञ सभा सदस्य शशी लमुम्बू रहनुभएको छ भने गैह्र आवासीय नेपाली संघ भाषा साहित्य उपसमितिका तर्फबाट संयोजक गोविन्दप्रसाद गौतम, सहसंयोजक डा. लेखनाथ काफ्ले र गैह्रआवासीय नेपाली संघ भाषा तथा साहित्य उपसमिति क्यानाडाका सदस्य सुरेन उप्रेती रहनुभएको छ ।

नेपाल बाहिर रहेर नेपाली भाषामा कथाहरू सिर्जना गरी नेपाली भाषा साहित्यलाई समृद्ध गर्न क्रियाशील विभिन्न मुलुकका प्रतिनिधिमूलक कथाकारहरूका कथालाई यस कथासंग्रहमा समेट्ने योजना छ । डायस्पोरामा रहेर नेपाली भाषा साहित्य र संस्कृतिको जगेर्ना र विकासका लागि पुरयाईएको योगदानको सम्मानस्वरूप उक्त ऐतिहासिक ग्रन्थमा कथालाई समावेश गर्न लागिएको बताईएको छ। यस कथा सङ्ग्रहका लागि नेपालभन्दा बाहिर रहेका सबै कथाकारहरूलाई यो सन्देश प्रवाह गरी कथा संकलनमा सहयोग पुरयाइदिन संवद्ध सबै संघ संस्था र व्यक्तिहरूलाई अपील गरिएको छ । प्रकाशित भएपछि उक्त ग्रन्थलाई देश विदेशमा वितरण गरिने जनाईएको छ ।
कथा पठाउंदा ध्यान दिनुपर्ने :
१. कथा अधिकतम 2 हजार शब्द भित्र हुनुपर्ने छ।
२. कथा नेपाली भाषामा लेखिएको हुनुपर्ने छ ।
३. कथा पठाउँदा युनिकोड वा प्रीति फन्टमा टङ्कन गरी इमेल ठेगाना [email protected] मा पठाउनुपर्ने छ ।
४. कथा २०७६ जेठ ३१ गते (इ सं २०१९ जुन १४) भित्र पठाईसक्नुपर्ने छ ।
५. कथा मौलिक तथा अप्रकाशित हुनुपर्ने छ ।
६. कथामा नेपाली राष्ट्रियता तथा कुनै विवादित प्रसंग, आक्षेप र कसैको सम्मानमा आँच आउने विषय समावेश भएको भए प्रकाशन गरिने छैन ।
७. कथाकारहरूलाई छोटो परिचय सहित एक प्रति पासपोर्ट साइजको फोटो पनि उपलब्ध गराउनेपर्ने छ।
८. कथा छनोटको अन्तिम निर्णय सम्पादक मण्डलको हुनेछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया