Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – हुवावेका नयाँ स्मार्टफोनमा फेसबुक, ह्वाट्सएप, इस्टाग्राम एप प्रतिबन्धित हुने भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोएटर्सका अनुसार फेसबुकले आफ्ना एप अब बन्ने हुवावेका नयाँ फोनमा ‘प्रि-इन्स्टल’ व्यवस्था हटाउने भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कम्पनीका भगिनीसंस्थाका रूपमा परिचित ह्वाट्सएप र इन्स्टाग्रामका एपमा पनि लागू हुनेछ । गत मे महिनामा अमेरिकाले आफ्ना देशका कम्पनीहरूलाई सुरक्षा जोखिम रहन सक्ने बताउँदै विदेशी दूरसञ्चार प्रदायकहरूसँग सहकार्य नगर्न निर्देशन दिएको थियो ।

यसअघि हुवावेले अब बनाउने फोनमा गुगलका प्लेस्टोर, जिमेल, गुगल म्याप र युट्युब एपहरू राख्न नपाउने भएको थियो । अमेरिका र चीनबीच जारी व्यापार युद्ध र पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरूले कारोबार गर्न नपाउने विदेशी कम्पनीको सूचीमा हुवावेलाई राखेको थियो ।

हाल हुवावे मोबाइलका प्रयोगकर्तामा कुनै पनि द्वविधा नराख्न हुवावेले आग्रह गरिसकेको छ । कम्पनीले बारम्बर हालका प्रयोगकर्तालाई अहिलेको प्रतिबन्धले असर नगर्ने कम्पनीले प्रष्ट पारेको छ । हालका मोबाइल प्रयोगकर्ताका लागि आगामी दिनमा आवश्यक अपडेट जारी रहने उसले प्रष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया