Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडाैं – चीनले प्रतिघण्टा ६ सय किलोमिटर कुद्नसक्ने रेल निर्माण गरेको छ । गत बिहीबार चीनले यो रेल सार्वजनिक गरेको हो । यो रेल म्याग्नेटिक-लेभिटेशन प्रणालीमा आधारित छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो रेलले जमिन नछोईकन कुद्नसक्छ । चीनको स्थानीय रेल निर्माता चाइना रेलवे रोलिङ स्टक कर्पोरेशन (सीआरआरसी)ले यो रेल सार्वजनिक गरेको हो । सीआरआरसीले सन् २०२१ देखि यो रेलको व्यावसायिक उत्पादन शुरु गर्नेछ । चीनको यो रेलले आगामी दिनमा यातायातको क्षेत्रमा निकै ठूलो परिवर्तन ल्याउनसक्ने अनुमान गरिएको छ  ।

यसले हवाई यात्रा र जमिनको यात्रा बीचको समय अन्तर निकै कम हुनेछ । अहिले निर्माण गरिएको रेलले चीनको बेइजिङदेखि सांघाईसम्मको यात्राका लागि अहिले हवाई यात्रा गर्दा करीब साढे ४ घण्टा लाग्ने गरेको छ । उच्च गतिको रेलबाट यात्रा गर्दा साढे ५ घण्टा लाग्ने गरेको थियोे । तर, अब यो रेलको माध्यमबाट भने साढे ३ घण्टामा नै यो यत्रा गर्न सकिन्छ ।

चीनले अहिले निर्माण गरेको यो रेल निर्माणको लागि तीन वर्षको समय लागेको थियो । चुम्बकीय विकर्षणको नियमअनुसार निर्माण गरिएको यो रेल जमिनभन्दा माथिबाट नै कुद्नेछ । जसको कारण जमिनमा हुने घर्षण कम हुन्छ र यसले अत्यधिक गति हासिल गर्न सक्छ । अहिले सीआरआरसीले यो रेलको निर्माण तथा परीक्षण गरिरहेको छ  ।

यस वर्षको उत्तरार्धदेखि यसले आफ्नो सेवा शुरु गर्ने अपेक्षा छ । परीक्षणको क्रममा प्रतिघण्टा ६ सय किलोमिटरको गतिमा हासिल गरेको थियो । यसअघि सन् २०१५ मा जापानले निर्माण गरेको म्यागलेभ रेलले परीक्षणको क्रममा ६ सय ३ किलोमिटर प्रतिघण्टाको गति हासिल गरेको थियो । यो अहिलेसम्मकै उच्च गतिको कीर्तिमान हो ।

अहिले जापानले अर्को म्याग्लेभ प्रणालीको रेल बनाइरहेको छ । यसको गति प्रतिघण्टा करीब ५ सय किलोमिटर रहनसक्ने बताइको छ । चीनको पहिलो म्याग्लेभ प्रणालीको पहिलो व्यावसायिक रेलवे सांघाईको पुटोङ एयरपोर्ट र सिटि सेन्टरको बीचको छ । यो रेल यहाँ ४ सय ३१ किलोमिटर प्रतिघण्टाको दरले रेल कुद्ने गरेको छ । अहिलेसम्म चीन, दक्षिण कोरिया र जापानमा मात्र म्याग्लेभ प्रणालीको रेल विस्तार भएका छन् ।

तपाईको प्रतिक्रिया