Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडाैं – विश्वमा पहिलोपटक इलेक्ट्रिक हाइवे चार्ज ट्रक संचालनमा आएको छ । यूरोपेली मूलुक जर्मनीले यस वातावरण मैत्री ट्रकलाई सञ्चालनमा ल्याएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राजमार्गमा कुदिरहँदा पनि यस ट्रकको व्याट्रि चार्ज गर्न सकिन्छ। यसको मतलब हामीले गाडी कुदाइरहँदा व्याट्रि सकिएमा यसलाई रोक्नु पर्दैन ।  यस ट्रकको माथि विद्युतीय तारसँग जोडिने उपकरण राखिएको छ, जसले ट्रकको व्याट्रि चार्ज गर्न मदन पुग्दछ। यस ट्रक संचालनका लागि सडकमा ट्रकको आवश्यकता अनुसारको विद्युतीय सुविधा भने उपलब्ध गराइनु पर्दछ ।

जर्मनीका मानिसहरुले यस सेवालाई इलेक्ट्रिक हाइवे भन्ने गरेका छन् । जहाँ ट्रकले आवश्यकता अनुसार आफ्नो ट्रकको व्याट्रि चार्ज गर्नसक्छन् । हालका लागि पहिलो इलेक्ट्रिक हाइवे चार्ज ट्रक फ्रान्कफुर्टमा संचालनमा आएको हो ।गतहप्तामात्र संचालनमा आएको यस ट्रकले प्रारम्भिरक चरणमा १० किलोमिटरसम्म कुद्दा चार्जिङको सेवा पाउनेछ । जर्मनीमा हाल १० किलोमिटरसम्ममात्र विद्युतीय चार्जिङ सेवा जडान गर्न सकिएको छ । यस्तै खालका अन्य ४ ट्रक सन् २०२० सम्ममा जर्मनीमा संचालनमा आइसक्नेछ । सेइमन्स एजी कम्पनीले यो नयाँ प्रविधिको विकास गरेको छ ।

जहाँ ट्रकले कुदीरहेकै समयमा आवश्यकता अनुसार व्याट्रि चार्ज गर्न सक्नेछन्। फक्सवागेनको एजी स्कानिया ट्रकमा यो सेवा प्रदान गरिने छ । यस ट्रकमा रेलको प्रविधि जठडान गरिएको छ । यस ट्रकले प्रतिघन्टा ९० किलोमिटरको दुरी पार गर्ने जनाइएको छ ।

जर्मनीलाई प्रदुषण मुक्त देश बनाउने अभियानका क्रममा यस नयाँ प्रविधियुक्त सवारीसाधनको आविष्कार भएको हो । ९ वर्ष अगाडिदेखि नै सेइमन्स कम्पनीले वातावरण मैत्री सवारी साधन बनाउने लक्ष्य राखेको थियो । –एजेन्सी

तपाईको प्रतिक्रिया