Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – पछिल्लो समय नेपाली दर्शकमाझ स्वदेशी फिल्मप्रतिको चासो हृवात्तै बढेको छ । तर पनि फिल्म र प्रदर्शन हलको दूरावस्थाले गर्दा नेपाली फिल्ममा रुचि राख्ने कतिपय दर्शक हलसम्म जाँदैनन् ।

प्रायः फिल्मकर्मीहरू स्वदेशी फिल्मका उल्लेख्य दर्शक वैदेशिक रोजगारी वा अध्ययनका क्रममा विदेशमा रहेकाले पनि यहाँ फिल्मले सोचे जस्तो दर्शक पाउन नसकेको तर्क गर्छन् । अब सबै तर्क र समस्यालाई हल गर्ने गरी ओएसआर डिजिटलले अनलाइनबाटै रकम तिरेर फिल्म हेर्न मिल्ने गरी भिडियो पसल खोलेको छ ।

भिडियो पसलको एप्समार्फत अनलाइन दर्शकले हलमा सार्वजनिक प्रदर्शन भएकै दिनमा हेर्न पाउने ओएसआर डिजिटलले जनाएको छ। ओएसआर डिजिटल नेपाली फिल्म तथा संगीत क्षेत्रको डिजिटल अधिकार खरिद गर्दै आएको कम्पनी हो। भिडियो पसललाई सुरुवातमा नेपाल बाहिर मात्रै डाउनलोड गर्न मिल्ने बनाइएको छ।ओएसआरले पाइरेसीको कुनै अवसर नहुने गरी एकपटक पैसा तिरेपछि हप्ताभरि जुनकुनै समयमा पनि फिल्म हेर्न पाउने गरी भिडियो पसलको सुरुवात गरिएको बताएको छ ।

ओएसआर डिजिटलका अनुसार भिडियो पसलमा फिल्मको स्तरअनुसार तय गरिएको एकदेखि तीन डलरसम्म शुल्क तिरेर नयाँ नेपालीफिल्म हेर्न पाइने व्यवस्था मिलाइएको हो। सुरुवाती चरणमा पछिल्लो समय रिलिज भएका फिल्म ‘क्याप्टेन’, ‘ब्रेकअप’ ‘प्रसाद’ अपलोड भइसकेको र अन्य फिल्म पनि भिडियो पसलमा राखिने क्रममा रहेको ओएसआरले जनाएको छ।****

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया