Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

काठमाडाैं – अमेरिकाको टेक्सास राज्यको एक परिवारको सन् २००८ मा हराएको घरमा पालेको बिरालो एक दशकभन्दा बढी समयपछि फेला परेको छ ।

फर्जी नाम गरेको उक्त बिरालोलाई उत्तर टेक्सासको कोलिन काउन्टीमा बस्ने फुल्टन परिवारले २००६ देखि पालेका थिए । २००८ मा उनीहरूले आफ्नो एक साथीलाई बिरालो र आफ्नो घर हेर्ने जिम्मा लगाएको बेला उक्त बिरालो एकाएक हराउन पुगेको थियो । तर यो हप्ता फुल्टन परिवारलाई स्थानीय भेटनरी अस्पतालबाट फर्जी फेला परेको खबर आएको थियो ।

त्यहींको एक स्थानीयले फर्जीलाई बाटोमा फेला पारेपछि भेटनरीमा लगेर बुझाएका थिए । फर्जीको शरीरमा राखिएको एक माइक्रोचीपलाई स्क्यान गरेपछि उक्त बिरालोलाई पालेको परिवारबारे अस्पताललाई सूचना प्राप्त भएको थियो । फुल्टन परिवारले फर्जीलाई घरमा पालेर राख्दा नै बिरालोको छालामा चामलको दाना जत्रो सानो रेडियो सिग्नल टिप्ने माइक्रोचीप राखेको थियो । फुल्टन परिवारले फर्जी यति धेरै वर्षपछि पुन: घरमा आउँदा सजिलै परिवारसँग घुलमिल भएको जनाएको छ ।

जनवारहरूका लागि काम गर्ने सँस्थाहरूले भने शरीरमा राखिने माइक्रो चीप स्क्यान गर्ने उपकरण सबै भेटनरीमा उपलब्ध नहुने भएकाले हराएका घरपालुवा जनवारहरूको सहज पहिचान गर्न उनीहरूलाई नेप्लेट सहितको कलर घाँटीमा बाध्नु उपयुक्त हुने सुझाव दिने गरेका छन् ।

तपाईको प्रतिक्रिया