Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

केन्ट, बेलायत – गत ३० मार्च २०१९ को दिन आशफोर्ड, बेलायतमा विश्व नेपाली साहित्य महासंघ साउथ शाखाले सदाको वर्षझै यस वर्ष पनि अर्थ आवरको अवसर पारेर अर्थ आवर तथा साहित्य गोष्ठी सम्पन्न गर्‍यो ।
बिएफबिएस गोर्खा रेडियो शर्नक्लिफका स्टेशन प्रमुख योगराज राई अतिथि रहनु भएको सो कार्यक्रममा तुल छन्त्याल, औतारी साईला, अंग्रेजी साहित्यकार फेलिसीटी र मुरे होलवूड अतिथि रहनुभएको थियो ।
संस्थाका अध्यक्ष तथा वातावरणविद बिजय हितानले सम्पूर्णलाई स्वागत गर्दै कार्यक्रमलाई औपचारिक रुपमा शुरुगर्दै अर्थ आवरको बारे प्रष्ट पार्नु भयो र आजको साँझ (मार्च ३०) मा १ घण्टा बिजुली बत्ति नबालेर ईनर्जी खपत गर्ने, जस्ले गर्दा वातावरणलाई केहि समय भए पनि बचाउन सकौ भन्ने अभिब्यक्ति दिनुभयो ।
यहि आउदो साल सन २०२० को जुन महिनामा विश्व वातावरण दिवशको दिन पारेर नेपालमा वातावरण साहित्य गोष्ठी गर्ने वातावरण साहित्यकार बिजय हितानको रहेको र उक्त कार्यक्रमको लागि आर्थिक सहयोग जुटाउनका लागि बेलायतमा रहेका सहयोगीहरुबाट प्रतिब्यक्ति एक पाउण्ड र नेपालमा रहनुहुने बाट रु १०० सहयोगको आह्वान पनि गर्नुभएको छ जुन सहयोग संकलन एक हजार जनाबाट प्राप्त पछि बन्द गरिने छ ।
कृति समिक्षाको क्रममाः गायक गणेश पुनले भावेश भूमरिको नियात्रा ‘भिषाको रङ’ र साहित्यकार अमित थेबेले निवन्धकार बिजय हितानको ‘ईको उत्सर्जन’ निबन्ध सङ्ग्रहरुलाई समिक्षा गरे । ***

उपस्थितहरुबाट सेमन्त राईले बाँसुरीको मिठो धुन साथै वातावरण कविता, अमित थेबे वातावरण कविता, सुरेन्द्र इङ्नाम बाँसुरी साथै वातावरण कविता, थिर थापा बाट गीत गायन, लाहाङ् चेम्जोङ् वातावरण कविता, औतारी साईला वातावरण कविता, अंग्रेजी साहित्यकार दोय फेलिसीटी वातावरण कविता, मुरे होलवूड वातावरण कविता, र विश्वासदीप तिगेला द्वारा वातावरण कविताहरु वाचन गरिएको थियो ।

कार्यक्रम अध्यक्ष बिजय हितानले वातावरण कविता वाचन गर्नु भयो साथै गोर्खा भान्सा घरका सञ्चालक शुस्मा लीम्बु गुरुङ् लाई सभाहल निशुल्क उपलब्द गरिदिनु भएकोले मुरी मुरी धन्यवाद दिदै र अन्त्यमा उपस्थित सम्पुर्णलाई धन्यवाद दिर्दै पुनः अर्थ आवर र अर्को वर्ष पुन भेला हुने वाचा गर्दै कार्यक्रमलाई समापन गर्नु भयो ।
कार्यक्रम दिउसो २ बजे शुरु भएर साँझ ५ बजे सकिएको कार्यक्रमलाई संस्थाका सचिव थिर थापाले सञ्चालन गरेका थिए । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया