Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडाैं – एकजना बांग्लादेशी महिलाले समयअगावै एउटा छोरा जन्माएको झण्डै एक महिनापछि अर्को जुम्ल्याहा बच्चा जन्माएकी उनका चिकित्सकले बताएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बीस वर्षीया आरिफा सुल्तानाले गत फेब्रुअरीको अन्त्यतिर एक छोरालाई जन्म दिएकी थिइन् । त्यसको २६ दिनपछि उनलाई पेट दुखेपछि हतारहतार अर्को अस्पतालमा लगिएको थियो । त्यहाँ चिकित्सकहरूले उनको दुईवटा गर्भाशय रहेको र अर्को गर्भाशयमा जुम्ल्याहा बच्चाहरू रहेको देखेपछि आकस्मिक सिजेरिएन शल्यक्रिया गरेका थिए । त्यसरी जन्मेका जुम्ल्याहा बच्चाहरू स्वस्थ रहेका र तिनीहरूलाई अस्पतालबाट घर पठाइसकिएको छ ।

बांग्लादेशको ग्रामिण क्षेत्रकी आरिफा सुल्तानाले उनको पहिलो बच्चा खुल्ना जिल्लास्थित खुल्ना मेडिकल कलेज अस्पतालमा जन्माएकी थिइन् । बीबीसीले उल्लेख गरेअनुसार त्यसको २६ दिनपछि नै उनलाई पेट दुखेपछि जेसोर जिल्लास्थित अद्दीन अस्पतालमा लगिएको थियो । ‘जब बिरामीलाई ल्याइयो हामीले उनको अल्ट्रासाउण्ड परीक्षण गर्‍यौँ र उनको पेटमा जुम्ल्याहा बच्चा भएको थाहा पायौँ,’ उनको उपचार गरेकी स्त्रीरोग विशेषज्ञ डा. शीला पोद्दारले बताइन् ।

उनले भनिन्, ‘यो घटनाबाट हामी एकदमै स्तब्ध र आश्चर्यचकित भएका छौँ । मैले यसअघि यस्तो घटना कहिल्यै देखेको थिइनँ ।’ आरिफा सुल्ताना र उनका पति एकदमै गरिब भएकाले उनी गर्भवती भएका बेलामा पनि पहिले अल्ट्रासाउण्ड परीक्षण गरिएको थिएन । सुत्केरी आमा र जुम्ल्याहा बच्चाहरूलाई चार दिनको अस्पताल बसाइपछि मार्च २५ तारिखमा घर पठाइएको थियो ।

सिंगापुरस्थित एकजना स्त्रीरोग विशेषज्ञका अनुसार महिलामा ‘दुईवटा पाठेघर हुने अवस्था मानिसहरूले सोचेजस्तो दुर्लभ भने होइन ।’ ‘यदि पहिले नै गर्भवती अवस्थामा अल्ट्रासाउण्ड परीक्षण गरिएको भए दुईवटा पाठेघर स्पष्ट देखिने थियो,’ गाइनेएमडी संस्थाका डा. क्रिस्टोफर ङले बताएका छन् । उनी भन्छन्, ‘गर्भधारणका बेला महिलामा तीनवटा डिम्ब उत्पन्न भएको र ती तीनैवटा एकैपटक निषेचित हुन पुगेका हुनसक्छ र परिणाम स्वरूप तीनवटा भ्रूणहरू तयार भएको हुनसक्छ ।’

आफ्ना बच्चाहरू देखेर आफूलाई साह्रै खुशी लागेको सुल्तानाले बताइन् तर कमजोर आर्थिक अवस्थाका कारण तिनीहरूलाई हुर्काउन आफूहरूलाई गाह्रो हुने उनको भनाइ रहेको एएफपी समाचार संस्थाले जनाएको छ । उनका पतिले भने ‘यो अल्लाहको चमत्कार हो की मेरा बच्चाहरू स्वस्थ छन् । म तिनीहरूलाई खुशी राख्‍न सबै प्रयास गर्नेछु ।’

तपाईको प्रतिक्रिया