Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडाैं – अमेरिकाको भर्मोन्ट राज्यको एक सहरमा एउटा बोकालाई सहरको मेयरका रुपमा चुनिएको छ । लिंकन नाम गरेको उक्त बोका करिब २५०० जनसङ्ख्या भएको फेयर हेबन सहरको मेयर बनेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तीन वर्षिया लिंकनको चयन सहरको मेयरका लागि सम्पन्न भएको मतदान कार्यक्रमद्वारा भएको थियो । मतदानमा बोकासँगै केही कुकुर र बिरालाहरू गरेर १६ वटा जनवारहरूलाई मेयरको उम्मेदवारका रुपमा उठाइएको थियो । मेयरको चुनावका लागि भने केवल केटाकेटीहरूले मात्र मतदान गर्न पाउने नियम बनाइएको थियो र मतदान हुने दिन सहरका बालबालिकाहरू आफ्नो अभिभावकसँग मतदान केन्द्रमा उपस्थित भएका थिए ।

मेयरको पदमा विजयी हुने क्रममा लिंकनले सबैभन्दा बढी १३ भोट प्राप्त गरेको थियो । फेयर हेबनमा अहिले कुनै आधिकारिक मेयर छैनन् । त्यहाँका सहर व्यवस्थापकलाई नै मेयरको सरह जिम्मेवारी दिने गरिएको छ । लिंकनले अब एक वर्षसम्म सहरको मेयरको पदमा रहनेछ । त्यसपछि त्यहाँ आधिकारिक रुपमा मेयरको निर्वाचन सम्पन्न हुने जनाइएको छ ।

अहिले फेयर हेबनका सहर व्यवस्थापक रहेका जोसेफ गन्टरले मिसिगन राज्यको एक सहरमा एउटा बिरालोलाई मेयर चुनिएको खबर पढेपछि आफ्नो सहरमा पनि मेयरका लागि जनवारहरू बीच चुनाव आयोजना गर्ने विचार आएको संचारमाध्यमलाई बताएका थिए । गन्टरकाअनुसार चुनावको प्रमुख उदेश्य सहरमा बच्चाहरूको लागि एक खेल मैदान निर्माण गर्नु रहेको थियो जसका लागि उम्मेदवार उठाउने प्रत्येक जनवारका मालिकबाट ५ डलर उठाइएको थियो ।

तपाईको प्रतिक्रिया