Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025
काठमाडौँ – हाम्रो आसपासमा सबै मानिसका रुची फरक फरक हुन्छन् । मानिसहरु एक अर्काको स्वभाव र भाग्य थाहा पाउन उत्सुक हुन्छन् । हस्तरेखा शास्त्र अर्थात समुन्द्र शास्त्रका अनुसार मानिसको चोरी औंला हेरेर नै उसको नेतृत्व क्षमता कति छ र उ हाकिम बन्न सक्छ कि सक्दैन भनेर थाहा पाउन सकिन्छ ।
चोरी औंलाको प्रभाव चोरी औंलाको तल पट्टी गुरु पर्वत स्थित हुने भएका कारण यसलाई गुरु औंला पनि भन्ने गरिन्छ । सामान्यतया यही औंलाको आधारमा नै कुनै पनि ब्यक्तिको नेतृत्व क्षमता आँकलन गर्न सकिने समुन्द्र शास्त्रको दावी छ । यदि कुनै पनि ब्यक्तिको चोर औंला माझी औंला बराबर छ अर्थात केही लामो छ भने यस्ता ब्यक्ति नेतृत्वमा पुग्छन् । यिनीहरु राम्रा हाकिम पनि बन्न सक्छन् ।
यदि यो औंला सहित अन्य लक्षण पनि मिलेमा यस्तो ब्यक्तिले हजारौं मानिसमाथि राज गर्न समेत सक्छ । यदि चोरी औंला माझी औंला भन्दा पनि लामो छ भने त्यस्तो ब्यक्ति अत्याधिक घमण्ड गर्ने ब्यक्ति हुन्छ । यस्ता ब्यक्तिले अरुलाई गन्दै नगन्ने र तानाशाही स्वभावका पनि हुन्छन् । त्यसैगरी कुनै पनि ब्यक्तिको चोरी औंला सामान्य लम्बाइ भन्दा पनि छोटों भयो भने त्यस्ता ब्यक्ति कम महत्वाकाँक्षी हुन्छन् । यिनीहरुलाई नयाँ काम गर्न उत्साह देखिँदैन । यदि चोरी औंला अनामिका औंला भन्दा अग्लो छ भने यस्ता ब्यक्ति अत्याधिक महत्वाकाँक्षी हुन्छन् र कहिले काँहि अति उत्साहित भएर काम समेत विगार्छन् । यिनीहरुले समय समयमा धनको नाश समेत ब्यहोर्नु पर्छ ।
यदि कुनै ब्यक्तिले अनामिका र चोरी औंलाको लम्बाइ बराबर भयो भने त्यस्ता ब्यक्ति अधिक पैसा कमाउने र मान सम्मान प्राप्त गर्ने हुन्छन् । यस्ता ब्यक्ति हरेक परिस्थितिमा सन्तुष्ट रहन्छन् । समान्यतया हाम्रो औंलामा तीन भाग हुन्छन् । तीन भागमा ब्यक्तिको स्वभाव अध्यन गर्न सकिने हस्तरेखा शास्त्रको दावी छ । यदि चोरी औंलाको पहिलो भाग (नङतिरको भाग) अन्य दुई भाग भन्दा बढी छ भने यस्ता ब्यक्तिको नेतृत्व क्षमता राम्रो हुन्छ । तर यो भाग अन्य २ भागको तुलनामा सानो छ भने त्यस्ता ब्यक्ति कमजोर हुन्छन् र यिनीहरुको हिनताबोध बढी हुन्छ ।
चोर औंलाको बिचको भाग ठूलो हुने ब्यक्ति अंहकारी हुन्छन् र यस्ता ब्यक्तिले दिएको काम दक्षतापूर्ण तरिकाले गर्छन् । यिनीहरुको घर र समाजमा राम्रो स्थान हुन्छ । तर यो भाग सानो छ भने त्यसको विपरित कुनै पनि काम दक्षतापूर्ण रुपमा गर्न सक्दैनन् । जुन ब्यक्तिको यो औंलाको तल्लो भाग अन्य भन्दा ठूलो हुन्छ यस्ता ब्यक्ति शारीरिकरुपमा बलिया हुन्छन् र बल देखाउन खोज्छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया