Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

काठमाडौँ – एप्पल कम्पनीले फोल्ड गर्न सकिने नयाँ आइफोना उत्पादन गर्ने भएको छ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा सार्वजनिक भएका तस्बीरहरुका अनुसार आइफोनको एक्स फोल्ड स्मार्टफोन सामसुङको ग्यालेक्की फोल्डजस्तै देखिएको छ।

सामसुङ र हुवावे कम्पनीले फोल्ड गर्ने फोन छिट्टै बजारमा ल्याउने घोषणा गरेसँगै एप्पलले समेत फोल्ड हुने फोन ल्याउन लागेको चर्चा चलेको हो।

गत महिना फोल्ड गर्न सकिने फोनबारे सामसुङ र हुवावेले जानकारी दिएको थियो।

सामसुङको फोल्ड हुने फोन ‘ग्यालेक्सी फोल्ड’ हो भने हुवावेको ‘मेट एक्स’ हो। एप्पले ल्याउन लागेको फोन भने ‘आइफोन एक्स फोल्ड’ हो।

एप्पलले फोल्ड हुने आइफोन सन् २०२० मा ल्याउने अनुमान गरिएको छ।

समाचारहरुका अनुसार एप्पलको फोल्ड फोनको डिस्प्ले ७ दशमलब २ इन्चको हुनेछ। अर्थात यस फोनको डिस्प्ले सामसुङ ग्यालेक्सी फोल्डकोभन्दा ० दशमलब १ इन्चले सानो हुनेछ।

तपाईको प्रतिक्रिया