Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

काठमाडौँ – विज्ञानले धेरै चमत्कार गरिसक्यो । अहिले आमाको पेटबाट यो संसारमा निस्किसकेपछि फेरि पेटमा जान पनि सम्भव भएको छ । घटना लन्डनको हो । २० हप्ताको भिडियो एक्सरेका क्रममा एउटा बच्चाको केही भाग विकास नभएको देखेपछि डाक्टरहरुले तिनका अभिभावकलाई सल्लाह दिन्छन्, यत्तिकै अघि बढ्ने, गर्भपतन गर्ने वा तेश्रो विकल्प निकै नै दुर्लभ मानिएको बच्चालाई निकालेर अपरेशन गरी फेरि आमाकै पेटभमा राख्ने ? नर्स समेत रहेकी २६ वर्षीय बेथान सिम्पसनले तेश्रो विकल्प रोजिन् । 

त्यसपछि सुरु भयो केही घण्टा लामो अपरेशनको श्रृंखला । खासमा पेटमा रहेकी बच्चीलाई स्पीना बिफिडा नामक कमजोरुी भएको रहेछ जसका कारण उनको स्पाईनल कर्ड राम्रोसँग विकास भएन । यसले उनी जन्मिएपछि हिंड्नमा समस्या देखिन सक्थ्यो । उनको अपरेशन युनिभर्सिटी कलेज हस्पतीटल र ग्रेट अर्मन्ड स्ट्रीट हस्पीटलका चिकित्सकहरुले गरेका थिए ।

यो घटनासँगै सिम्पसन यस्तो अपरेशन गराउने चौथो महिला बनेकी छिन् । यस्तै अवस्था भएका ८० प्रतिशतभन्दा बढी घटनामा गर्भपतनको विकल्प नै धेरैले रोज्ने गरेका छन् । यो अपरेशनपछि आमाले प्रतिक्रिया दिइन्, “म हरेक दिन मेरो बच्चाको लात मेरो पेटभित्र महसूस गर्दछु । मलाई लाग्छ उनी विशेष छिन् र ईतिहासको एउटा पात्र पनि बनिसकिन् ।”

तपाईको प्रतिक्रिया