Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं  – मानिस सामाजिक प्राणी हो । सामाजिक प्राणी भएकै कारण समाजमा बाँच्नको लागि मानिसलाई साहाराको जरुरत पर्छ । जन्मसँगै जब बचपनका पाइलाहरु अगाडि बढ्न थाल्छन् तब देखि मानिसहरु साथी खोज्न थाल्छन् । बच्चादेखि नै एक अर्काका साथी बन्न सुरु गर्छन् त्यसपछि विस्तारै सबैभन्दा मिल्ने साथीको खोजीमा लाग्छन् र आफ्नो समय र उर्जा असल जीवनसाथीको खोजीमा लगाउँछन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सामाजिक परम्परा जगाइराख्न मात्र नभई हर कोहिलाई कसै न कसैको आवश्यकता पर्ने प्राकृतिक नियम नै हो । त्यसैले प्राकृतिक र सामाजिक परम्परालाई अस्वीकार गरेर एक्लै जीवन बिताउनु हरेकका लागि सम्भव हुदैँन ।

यसै क्रममा एक्लै जीवन बिताउने कि जीवनसाथीको साथमा ? भन्ने सवालमा आधारित भएर गरिएको एक अनुसन्धान गरिएको छ ।

कस्तो हुन्छ ‘सिंगल’ मानिसको जीवन

समय सँगसँगै मानिसको सोचमा पनि परिवर्तन हुँदै गइरहेको छ । विस्तारै हाम्रा समाजका धारणाहरु पनि विकसित हुँदै गइरहेका छन् । त्यसैले यदि कुनै व्यक्तिले जीवन एक्लै बिताउँछु भन्ने फैसला गरेको खण्डमा पनि जीवनसाथी खोज्न दवाव दिइँदैन । तर, जो व्यक्ति एक्लै रहन चाहान्छ ती व्यक्तिप्रति मानिसहरुको उत्सुकता र दया जोडिएको हुन्छ । मानिसहरु एक्लै जीवन बिताउँने मानिसहरुलाई अलग्गै सोच्छन् । भने, आमाबुबा सधैँ आफ्नो सन्तानको कुशलतालाई लिएर चिन्तित रहने गर्छन् । आफन्तहरु पनि उनीहरुलाई जोडी खोज्नका लागि हजार कोशिस गरिरहन्छन् तर, जब मानिसले एक्लै बस्ने संकल्प गर्छ तब उसका लागि एक्लै बस्न बानी पर्दै जान्छ ।

उमेर बढेपछि ‘सिंंगल’ रहने चाहाना बढी

जर्मन सेन्टर अफ गेरोन्टोलोजीका स्कोलर्सद्वारा गरिएको एक अनुसन्धानले उमेर बढेसँगै एक्लै जीवन बिताउनुमा सन्तुष्टि मिल्ने र वैवाहिक जीवनप्रतिको उत्सुकता घट्दै जाने बताएको छ ।

अनुसन्धान

एनी बोगर र ओलिवर हक्स्फोल्डले जर्मन एजिङ सर्वेद्वारा उपलब्ध गराइएको डाटामा आधारित भएर यो अध्ययन गरेका थिए । यस अध्ययनका लागि ४० देखि ८५ सालका व्यक्तिहरुलाई सन् १९९६ देखि २०१४ सम्म सामेल गरिएको थियो । जसमा २५५२ जना मानिसहरु सहभागी थिए । उनीहरुलाई २००८ मा पुनः २०१४ मा आधारित भएर अन्तर्वार्ता लिइएको थियो ।

रोमान्टिक जोडीको सम्बन्धमा गिरावट

यो अनुसन्धानले पत्ता लगाएअनुसार सिंगल मानिसहरु उमेर बढे पनि सन्तुष्टिको अनुभव गरिरहेका थिए तर सम्बन्धमा रहेका मानिसहरु आफ्नो सम्बन्धमा मिठास नभएकोले दुखी थिए । कुनै कुनै जोडीको जीवन सुरुवाती दिनहरुमा उदाहरणीय थियो तर विस्तारै सम्बन्धमा आएको उतारचढावका कारण सम्बन्धमा तित्तता बढेको र जीवनप्रति नै निराशा छाएको पाइयो ।

‘सिंगल’मा भन्दा सम्बन्धमा रहनेमा एक्लोपनको अनुभव धेरै 

सम्बन्धमा रहने र एक्लै रहनेहरुले एक्लोपनको विषयमा फरकफरक अनुभव सुनाए । अध्ययनका अनुसार जो मासिनहरु एक्लै बाँचिरहेका थिए ती व्यक्तिलाई एक्लोपनको अनुभव नहुने र उमेर बढ्दै गएपनि एक्लो अनुभव नहुने पाइयो । तर जुन मानिसहरु विवाहपछि लामो समय जोडीका साथ विताएका थिए । र, पार्टनरको मृत्यु भएपछि वा सम्बन्धमा आएको खटपटका कारण धेरै नै एक्लोपनको अनुभव गरिरहेका थिए ।

के हो त कारण ?

यस अध्ययनले वैज्ञानिक कारण उल्लेख नगरेपनि अध्ययनमा उपलब्ध डाटाका अनुसार सिंगल व्यक्तिले जीवन सन्तुष्टिका साथ विताइरहेको पाइयो । एक्लै बस्नेहरुमा सहनशीलता बढ्दै जाने र आफूजस्तै एक्लै सफल भएका मानिसहरुलाई हेरेर आफूप्रति विश्वास जाग्ने भएकाले उनीहरुलाई जीवनमा एक्लो हुनुमा कुनै पनि अपसोस हुँदैन ।

तपाईको प्रतिक्रिया