Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – केटीहरुलाई हाँसो–ठट्टा गर्ने केटा मनपर्छ भनेर तपाईंले सुन्नुभएकै होला । तर धेरैलाई यसको कारणबारे भने थाहा नहुन सक्छ ? आउनुहोस्, यसबारे जानकारी लिऔं ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

१. ‘बोर फिल’ हुन दिँदैनन्ः

रमाइलो गर्ने व्यक्तिसँग जो पनि बस्न रुचाउँछ किनभने यस्ता व्यक्ति वरिपरि हुँदा कहिले पनि बोर महसुस हुँदैन । यसका साथै उनीहरुको जोकले माहौल हल्का हुन्छ जसका कारण खुसी प्राप्त हुन्छ । यही कारण केटीहरु यस्ता केटासँग नै डेटिङ जान चाहन्छन् ।

२. ‘अब्जर्भेसन स्किल’ राम्रो हुन्छः

हाँसो–ठट्टा गर्ने मानिसहरुको अब्जर्भेसन (अवलोकन) गर्ने क्षमता निकै राम्रो हुन्छ ।  उनीहरु आफ्नो वरिपरिका मानिसहरु र वस्तुहरुमाथि निकै ध्यान दिन्छन् र उनीहरुबारे बुझ्छन् पनि । त्यसैकारण उनीहरु सधैं कुनै न कुनै कुराको मजाक बनाइराख्छन् । तपाईंले एकपटक त्यस्ता व्यक्तिलाई घर लैजानुहोस् त अनि हेर्नुहोस्, महिनौंसम्म उनीहरुले कसरी स–साना कुरामा तपाईंको मजाक बनाइरहनुहुन्छ र तपाईं हाँसिरहनु हुनेछ ।

३. धेरै सामाजिक हुन्छन् यस्ता मानिसहरुः

हाँसो–ठट्टा गर्ने व्यक्ति निकै सामाजिक हुन्छन् । रमाइलो गर्ने व्यक्ति कुनै पनि पार्टीका महत्वपूर्ण व्यक्ति हुन्छन् । उनीहरु कुनै पनि परिस्थितीलाई राम्रो मजाक बनाइदिन्छन् । रमाइलो गर्ने व्यक्तिको सबैभन्दा राम्रो पक्ष उनीहरु निकै सामाजिक हुन्छन् ।

४. अनुहारमा हाँसो ल्याइदिन्छन्ः

कुनै फन्नी व्यक्तिसँग तपाईं धेरैबेरसम्म रिसाइराख्न सक्नुहुन्नँ । उनीहरुले यस्तो व्यवहार गरिहाल्छन् जसले तपाईंको रिस बिर्साइदिहाल्छ । यी स–साना कुराहरुले एक–अर्काप्रति झुकाव र लगाव बढिरहन्छ । त्यसकारण पनि केटीहरु यस्ता केटा रुचाउँछन् ।

५. रचनात्मक हुन्छन्ः

कुनै पनि वस्तुलाई नयाँ दृष्टिकोणबाट हेर्न सक्ने खुबी यस्ता व्यक्तिमा हुन्छ । यो एक प्रकारको रचनात्मक गुण हो जुन केटीहरुले रुचाउँछन् । हरेक कुराको मजाक बनाउनका लागि उनीहरुलाई विभिन्न जानकारी हुन्छन् । यस्ता मानिसहरु थुप्रै व्यक्तिको नक्कलसमेत गर्न सक्छन् ।

तपाईको प्रतिक्रिया