Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं –  सरकारले झिटीगुन्टालाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ ।

दुई वर्षअघि ल्याइएको झिटीगुन्टासम्बन्धी सूचना कडाइका साथ कार्यान्वयन गरिने भन्सार विभागका महानिर्देशक तोयम रायाले जानकारी दिनुभयाे।

सोही सूचनामा भएको व्यवस्थाअनुसार अहिले विभागले मदिरा ल्याउन कडाइ गरेको र कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने बताउँदै महानिर्देशक रायाले भन्नुभयाे,‘अब ल्यापटप, मोबाइल पनि सूचनाअनुसार भन्दा धेरै आयात भएको भेटिए जफत गर्छौं ।’

अहिलेसम्म कानुनको प्रभावकारी कार्यान्वन नहुँदा समस्या देखिएको भन्दै उहाँले भन्सार विभागले त्यस्ता गतिविधिलाई अब नछाड्ने चेतावनी दिनुभयाे ।

अब कानुनभन्दा धेरै केही पनि हुँदैन, कानुनअनुसारका कुनै पनि कुरा छाडिँदैन भन्दै उनले एउटा प्रज्ञापनपत्रबाट दुईवटा गाडी नछिर्ने दाबी गर्नुभयो।

उहाँले भन्सारमा गेट इन्ट्री मोडल कार्यान्वयन गरिएको भन्दै अब एउटै प्रज्ञापनपत्रबाट दुईवटा गाडी छिर्न नसक्ने बताउनुभयाे।

‘पहिले यस्ता कुरा मैले पत्रिकामा देखें, अब त्यस्ता कुरा हुँदैन तर भारतसँग खुला सीमा भएका ठाउँमा धेरैवटा बाटा बनेका छन्, त्यहाँबाट सामान छिर्न सक्छन् ।’

उनले बाह्य व्यापारलाई सहज बनाउन भन्सार प्रणाली सुधारका काम भइरहेको बताउनुभयाे ।

तपाईको प्रतिक्रिया