Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – विश्वभरिका आकासीय पिण्ड अवलोकनकर्ताहरूले आइतबार विरलै देखिने रातो रङको ‘सुपर ब्लड वुल्फ मुन’ चन्द्रग्रहण हेरेका थिए । उक्त पूर्ण चन्द्रग्रहणको बेला चन्द्रमा सामान्यभन्दा बढी रातो, उज्यालो र पृथ्वीको नजिक देखिएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पूरै चन्द्रग्रहण उत्तर र दक्षिण अमेरिकाका साथै पश्चिम युरोप र उत्तर अफ्रिकाबाट देखिएको थियो । यूकेका केही ठाउँहरुमा भने बादलले छेकेको थियो । अब अर्को चन्द्रग्रहण सन् २०२१ मा मे २६ का दिन देखिने छ ।

अमेरिकाको न्यू योर्क राज्यको सिराक्युज विश्वविद्यालयका सहायक प्राध्यापक वाल्टर फ्रिम्यानले भने, ‘पृथ्वीको वायुमण्डलबाट छरिएको थोरै सूर्यको प्रकाश चन्द्रमामा पुग्न जान्छ । त्यो फेरि पृथ्वीको धार वरिपरि वाङ्गिन जान्छ । त्यस्तो बेला देखिने रातो प्रकाश चन्द्रमामा पर्न गएको हामीले स्पष्ट रूपमा देख्न सक्छौँ।’

बीबीसीका अनुसार सूर्य र चन्द्रको ठीक बीचबाट पृथ्वी अघि बढ्दै गर्दा यस्तो खालको ग्रहण देखिन्छ । यस्तो बेला सूर्य पृथ्वीको पछाडि पर्न जान्छ र चन्द्रमा पृथ्वीको छायाभित्र जाने गर्दछ ।

पूर्ण चन्द्रग्रहणलाई ‘सुपर ब्लड वुल्फ मुन’को संज्ञा दिनुको पछाडि भने कारण छ । ‘सुपर’ भन्नाले चन्द्रमा पृथ्वीको धेरै नजिक आउने अवस्था र त्यसैकारण चन्द्रमा सामान्यभन्दा निकै ठूलो देखिने अवस्था हो । जनवरी महिनामा पर्ने पूर्णिमालाई चाहिँ ‘वुल्फ’ भन्ने गरिएको छ ।

हेर्नुहोस् ‘सुपर ब्लड वुल्फ मुन’का मनमोहक तस्बिरहरू :-

स्पेनमा देखिएको पूर्ण चन्द्रग्रहण

अमेरिकाको क्यालिफोर्नियाबाट देखिएको पूर्ण चन्द्रग्रहण

पानामा सिटिबाट देखिएको ‘सुपर ब्लड वुल्फ मुन’का चरणहरु

यूकेबाट देखिएको ‘सुपर ब्लड वुल्फ मुन’

संयुक्त राज्य अमेरिकाको सान डियागोबाट देखिएको चन्द्रग्रहण

जर्मनीको एक चर्चमाथि देखिएको ‘सुपर ब्लड वुल्फ मुन’

टम स्टार्रले यूकेको केन्टबाट ५०० एमएमको लेन्सबाट कफि पिउदै लिएको तस्बिर

पिटर सिम्मन्सले यूकेको एसेक्सबाट लिएको तस्बिर

ससेक्सका पिटर अल्डेनको तस्बिर

६० वर्षको उमेरमा तीन वर्ष अगाडि फोटोग्राफीको तालिम लिएका जो शेरिडानले खिचेको तस्बिर

ब्रसेल्समा देखिएको ‘सुपर ब्लड वुल्फ मुन’

तपाईको प्रतिक्रिया