Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं –  नेपालको हवाई इन्धन क्षमता जम्मा ८ हजार ५०६ किलोलिटर छ ।

मागका आधारमा हवाई इन्धन क्षमता निकै न्यून रहेको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका अनुसार इन्धनको मागलाई हेर्ने हो भने निगमसँग भण्डारण भएको इन्धन क्षमताले १२ दिनलाई पनि धान्दैन ।

नेपालका ३६ स्थानमा आन्तरिक उडान हुँदै आएको छ । नेपालमा उडान हुने अन्तराष्ट्रिय तथा यहाँका आन्तरिक उडान भर्ने विमान नेपालमै इन्धन भर्ने गर्छन् । अन्तराष्ट्रिय उडानले नपुग इन्धन मात्र काठमाडौंमा भर्ने गर्दा पनि नेपालको इन्धन भण्डारण क्षमता अत्यन्तै न्यून रहेको छ ।

नेपाल आयल निगमका आपूर्ति तथा वितरण शाखाका  उपनिर्देशक विनित उपाध्ययका अनुसार दैनिक हवाई खपत ६५० किलोमिटर छ । जसमध्ये ४५० किलोमिटर अन्तराष्ट्रिय उडानमा खपत हुने गरेको छ ।

२ सय किलोमिटर आन्तरिक उडानमा खपत हुने गर्छ । हाल निगमसँग हवाई इन्धन डिपो आपूर्ति विन्दु पाँच ठाउँमा छन् ।

तपाईको प्रतिक्रिया