Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

लन्डन –  इंग्ल्याण्डमा केट नाम गरेकी एक महिलालले दुई दशकभन्दा लामो समयसम्म आफ्ना सन्तानका पिताबारे परिवारलाई नै भ्रममा राखेको पाइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यहाँसम्म कि, ती महिलाका तीन सन्तानले समेत आफ्ना पिताको पहिचान गर्न पाएका छैनन् । समाचार एजेन्सीहरुका अनुसार एक व्यवसायी २१ वर्षसम्म आफ्नी पूर्वपत्नीबाट गम्भीर धोकामा रहेको रहस्य हालै खुलेको छ ।

रिचर्ड मेसन नाम गरेका एक व्यवसायीसँग विवाह गरेकी ती महिलाले तीन सन्तालाई जन्म दिएकी थिइन् । रिचर्डले तीनवटै सन्तान आफ्नै ठानेका थिए ।

रिचर्डले दोस्रो विवाह गरे । दोस्रो पत्नीबाट सन्तान नभएपछि रिचर्ड अस्पतालमा पुगेर शारीरिक परीक्षण गराए । चिकित्सकले उनलाई ‘पिता बन्ने क्षमता नरहेको’ बताए ।

सानैदेखि उनको शरीरमा पिता बन्ने क्षमता विकसित नभएको चिकित्सकको भनाइ थियो । त्यसपछि उनले पूर्वपत्नीबाट जन्मिएका तीन सन्तानको असली पिता आफू नरहेको थाहा पाएका थिए ।

उनले पूर्वपत्नीबाट जन्मिएका दुई सन्तानको डिएनए परीक्षणसमेत गराए । परीक्षणका क्रममा उनले आफू ती दुवै सन्तानको पिता नरहेको थाहा पाए । तर तेस्रो सन्ताले भने डिएनए नमूना दिन अस्वीकार गरेको बताइन्छ । ‘मेरो पिता तपाई नै हो’ भन्ने म्यासेज पठाएर तेस्रो सन्तानले भने डिएनए परीक्षण गराउन नचाहेको रिचर्डको भनाइ छ ।

रिचर्डले पूर्वपत्नीसँग वास्तविकता सोधे । अन्ततः ती महिलाले रिचर्डसामू आफूले धोका दिएको स्वीकार गरे पनि ती तीन सन्तानका पिताबारे जानकारी नदिएको बताइन्छ ।

आफूले धोका पाएको भन्दै रिचर्डले अदालतमा मुद्दा दायर गरे । अदालतले रिचर्डद्वारा सम्बन्धविच्छेदका क्रममा केटलाई दिएको ४ मिलियन पाउन्ड रकममध्येबाट २.५ मिलियन पाउण्ड रकम फिर्ता गराएको छ । अदालतले केटलाई तीन सन्तानका पिताको पहिचान गोप्य राख्न अनुमति दिएको छ ।

तर, रिचर्डले भने ती तीन सन्तानको वास्तविक पिताबारे जानकारी दिनेका लागि पुरस्कार घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया