Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

काठमाडाैं – काठमाडौं उपत्यका वरपरका डाँडामा हिउँ परेसँगै ती स्थानहरुमा हिउँ खेल्न जानेहरुको भीड लाग्न थालेको छ । काठमाडौं वरपरका चन्द्रागिरी, फुलचोकी, शिवपुरी, भक्तपुरको नगरकोट, मकवानपुरको दामन, दोलखाको कालिन्चोकलगायतका स्थानमा पनि आज बिहान हिमपात भएको हो ।जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले पश्चिम वायुको प्रभावका कारण देशैभर वर्षा र उच्च पहाडी तथा हिमाली भागमा हिमपात भइरहेको जानकारी दिनुभयाे । वर्षा र हिमपातसँगै जनजीवन प्रभावित बनेको छ ।पश्चिमको डडेलधुरा र दिपायल हुँदै आइतबार प्रवेश भएको पश्चिम वायुका कारण पश्चिम क्षेत्रका उच्च हिमाली भागमा आइतबार दिउँसोदेखि नै भारी हिमपात भएको थियो ।

तपाईको प्रतिक्रिया