Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – अर्धभूमिगत रुपमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको विप्लव नेतृत्वको नेकपाको ताम्सालिङ जनपरिषदले जग्गा फिर्ता गर्न १५ दिने म्याद जारी गरेको छ ।

काभ्रेको रोशी गाउँपालिका–८ नार्के निवासी तर्कबहादुर तामाङको नाममा रहेको २१ रोपनी ८ आना १ पैसा ३ दाम बराबरको जग्गा दृष्टिबन्धक राखिएको भन्दै झुक्याएर रोशी गाउँपालिका ९ मंगलटारका बहादुरसिं तामाङको श्रीमती सानुमाया तामाङको नाममा राजीनामा पास नै गरेको भन्दै फिर्ता गर्न १५ दिने म्याद जारी गरेको जिल्ला इन्चार्ज शरद रसाईलीले बताउनुभयाे।

जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता भई अदालतलाई समेत प्रभावित पारी गलत फैसला गराइएको भन्दै सो संगठनले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

तपाईको प्रतिक्रिया