Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं  – ब्रिटिस अदालतले एक उग्र दक्षिणपन्थी समूहका सदस्यहरुलाई आतंकवाद विरोधी कानुन अन्तर्गत जेल सजाय दिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सजाय दिइएका मध्य एक जोडीले आफ्नो छोराको नामको बीचको नाम एडोल्फ हिटलरको नामबाट ‘एडोल्फ’ राखेका थिए ।

बिरमिनघम क्राउन कोर्टका न्यायाधीश मेलबर्न इनम्यानले ती जोडीमध्य एडम थोमसलाई साढे ६ वर्ष जेल सजायँ सुनाएका भने उनकी पोर्तुगाली प्रेमिका क्लाउडिया पाटाटासलाई पाँच वर्षका जेल सजायँ दिएका छन् ।

२२ वर्षे थोमस र ३८ वर्षे पटाटास नव–नाजिवादी नेशनल एक्सनको सदस्यताको कारण मंगलबार सजाय पाउने ६ मध्य दुई व्यक्ति हुन् । उक्त संगठन सन् २०१६ मा बेलायतको आतंकवादी विरोधी कानुन अन्तर्गत प्रतिबन्धित पहिलो उग्र–दक्षिणपन्थी समुह भएको थियो ।

फैसलामा इनम्यानले समुहलाई ‘डरलाग्दो’ उद्देश्य भएको समुह भनेका छन् ।  “नेसनल एक्सन गम्भिर हिंसा र हत्यामार्फत नाजिहरुको जस्तो राज्य स्थापना गरेर यो देशको लोकतन्त्र फाल्न चाहन्छ । यस्तो हिंसा र आम हत्याले समाजको सम्पूर्ण हिस्सालाई निर्मुल गर्छ ,”फैसलाको क्रममा इनम्यानले भने ।

इनम्यानले ती जोडिको ‘हिंसात्मक नश्लिय सोचको लामो इतिहास भएको’ बताए । नेसनल एक्सनका सदस्यता बापत सजाय पाउने अन्य सदस्यमा यी जोडीका नजिकको मित्र डेरेन फ्लेचर छन् । उनले नेसनल एक्सनसँगको आफ्नो सदस्यता स्वीकारे छन् ।

२८ वर्षे फ्लेचरले आफ्नी छोरीलाई नाजीहरुले गर्ने स्यालुट सिकाएका थिए । उनलाई ५ वर्षको जेल सजाय दिइएको छ ।त्यस्तै सजाय पाउने अन्य सदस्यमा २७ वर्षे ड्यानियल बोगुनोभिक छन् । उनलाई ६ वर्ष ४ महिनाको सजाय दिइएको छ ।

दुई अन्य व्यक्तिमा २४ वर्षका साइबर सुरक्षा श्रमिक जोइल विलमोर र भ्यान ड्राइभर २६ वर्षे नथन प्रिक छन् ।

तपाईको प्रतिक्रिया