Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ – अत्याधुनिक प्रविधिको प्रयोगबाट उपचार हुने महँंगा र सुविधासम्पन्न कतिपय अस्पतालले अस्पतालजन्य फोहोर जथाभावी फालेपछि सरकारले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको छ ।

राजधानीका सुविधासम्पन्न तथा चिकित्सा क्षेत्रमा आफूलाई ‘फाइभ स्टार’ सुविधा प्रदान गर्ने भनिएका नर्भिक, ओम, नोबेल, ग्रिन सिटी, मेडिकेयर लगायतका अस्पतालले अस्पतालजन्य फोहोर व्यवस्थापन गर्ने विधि र संरचना नबनाएको भन्दै वातावरण विभागले कारवाही गर्ने तयारी गरेको हो ।

अस्पतालजन्य फोहोरलाई सोझै नगरपालिकाको फोहोर उठाउने गाडीमा फाल्ने, सडकका छेउछाउमा जम्मा पारेर खुला छाड्ने, सङ्क्रमित पानीलाई सोझै ढलमा मिसाउने गरिएको पाइएकाले उपत्यकाका १८ वटा अस्पताल कारवाहीको सूचीमा रहेको जनाइएको छ ।

विभागका अनुसार अस्तापल सञ्चालन गरेको वर्षाैं भएपनि हालसम्म वातावरण संरक्षण ऐनले निर्धारण गरेको वातावरणीय प्रभाव मूल्याङ्कन समेत नगरेका ती अस्पताललाई वातावरण ऐन अनुसार कारवाहीका लागि वन तथा वातावरण मन्त्रालयमा सिफारिस गरेर पठाइएको वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले बताउनुभयो ।

उहाँले नर्भिक इन्टरनेशनल अस्पतालको नाम लिँदै त्यस्तोे ख्याति प्राप्त अस्पतालले समेत आफ्नो सङ्क्रमित फोहोर सोझै महानगरपालिकाको गाडीमा फाल्ने गरेको, यस्तो सङ्क्रमित फोहोरले गाडी र पुरै ल्याण्डफिल साइट नै सङ्क्रमित हुने तथा महामारी फैलिन सक्ने सम्भावना औंल्याउनुभयो ।

महानिर्देशक अधिकारीका अनुसार ती अस्पतालले सङ्क्रमित पानीलाई पनि सोझै ढलमा मिसाएको पाइएको छ । ढल त टाढासम्म बग्छ, फेरि हाम्रो ढल पनि व्यवस्थित छैन, ढल फुट्ने समस्या निकै बढी भएकाले त्यो सङ्क्रमित पानीले समाजमा रोगको सङ्क्रमण फैलाउन पनि सक्छ ।

उपत्यका भित्रका ३७ वटा अस्पतालमा गरिएको अनुगमनमा १८ वटा अस्पतालले न्यूनतम मापदण्ड पनि पूरा नगरेको विभागले जनाएको छ । विभागका अनुसार १२ वटा नाम चलेको अस्पतालले ईआईए, आईईई समेत गरेको र बाँकी सातवटा अस्पतालले सङ्क्रमित फोहोर र पानीको व्यवस्थापन नगरेर आम नागरिकको स्वास्थ्य माथि खेलवाड गरेको दावी विभागको छ ।

ईआईए र आईईई नभएका अस्पतालमा ग्रिन सिटी, विनायक, शहीद मेमोरियल, विपी स्मृति, हेल्पिङ हेण्डस्, मेडिकेयर, ओम, काठमाडौँ मोडेल लगायत छन् । त्यसैगरी सङ्क्रमित फोहोर र दूषित पानीको व्यवस्थापन नगरेर सोझै ढलमा मिसाउने अस्पतालमा एभरेष्ट, नोबेल, आयुर्वेद चिकित्सालय, मनमोहन मेमोरियल, नर्भिक, काठमाडौँ भ्याली, गणेशमान, एपीएफ अस्पताल र काठमाडौँ मेडिकल कलेज सिनामङ्गल रहेका छन् ।

वातावरण संरक्षण ऐन २०५३ विपरीत कार्य गर्ने जोकोहीलाई कारवाहीको दायरामा ल्याइने वन तथा वातारण मन्त्रालयका प्रवक्ता डा. सिन्धु ढुंगानाले बताउनुभयो । उहाँले भन्नुभयो, ऐनले तोकेको मापदण्ड अनुसार काम नगरेर आम नागरिकको जनस्वास्थ्यमा खेलवाड गर्नेलाई मन्त्रालयले बोलाएर आवश्यक व्यवस्थापन र संरचना निर्माणका लागि मौका दिने र सो समयमा संरचना नबनाए कारवाही गरिने छ ।’

ऐनले वातावरणप्रति खेलबाड गर्ने निकायलाई ५० हजारदेखि पाँच लाख रुपियाँसम्म जरिवाना गर्नसक्ने कानूनी रहेको छ ।

तपाईको प्रतिक्रिया