काठमाडौं — मलेसिया रोजगारीको बाटो बन्द हुनुमा पुराना संरचना राख्ने /नराख्ने बिषय मुख्य बाधक बनेको छ । पुराना व्यवसायी आफुले मौका पाउनुपर्ने चलखेलमा लागेका छन् ।
तिनलाई कारबाही गरेका श्रममन्त्री भने नयाँ ल्याउने अडानमा देखिनुहुन्छ। बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, आएससी जस्ता संरचना कायम राख्न पुरानै सञ्चालक दौडधुप गरिरहेका छन् ।
मन्त्री गोकर्ण विष्टले प्रतिस्पर्धाबाट ल्याउने बताउँदै अाउनुभएकाे छ। उहाँको निकट बनेर ती हात पार्न अझ विवादास्पद व्यक्ति लागिपरेका छन् ।
पुजा चन्द ठकुरी, रघु पुरी, सन्तोष कार्कीलगायत उहाँका साथमा छन् ।








