Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – यदि तपाईंको पार्टनर कण्डम प्रयोग गर्दैनन् र तपाईं साइड इफेक्टको डरले गर्भनिरोधक औषधी खान चाहनुहुन्न भने तपाईंका लागि यो खुसीको खबर हुनसक्छ । वैज्ञानिकले पुरुषका लागि गर्भनिरोधक साधन तयार गरेका छन् ।

पपुलेशन काउन्सिल र एनआईएचक युनिस केनेडी श्रिवरले एउटा यस्ता जेलको विकास गरेका छन् जसको प्रयोगले पुरुषको शुक्रकिट अस्थायी रुपमा कम हुन्छ ।

यो अनुसन्धानलाई नेतृत्व गरिरहेकी डा. डायना ब्लिथले भनिन्, ‘धेरै महिलाले गर्भनिरोधक चक्की खान सकिरहेका हुँदैनन् र पुरुषको गर्भनिरोधक विधि भ्यासेक्टोमी र कण्डममा मात्र सिमित छ ।’

पिठ्युँ र काँधमा लगाइनेछ यो जेलः

यो जेलको नाम ल्भ्क्रत् राखिएको छ । यसलाई पुरुषहरुले आफ्नो पिठ्युँ र काँधमा लगाउनुपर्छ । यो जेललाई छालाले सोसेपछि यसले असर देखाउनेछ । यो जेललाई बनाउनका लागि टेस्टोस्टेरोनका साथै सेजेस्टेरोन नामको तत्व पनि समावेश गरिएको छ ।

शुक्रकिटको उत्पादनमा कमी ल्याउँछः

सेजेस्टेरोनले पुरुषको टेस्टोस्टेरोनको प्राकृतिक उत्पादनमा रोक लगाउँछ जसमार्फत वीर्यको उत्पादनमा अत्यधिक कमी आउने गर्छ । यसले यौन उत्तेजना र अन्य कार्यमा कुनै असर नराख्ने बताएको छ ।

यो जेललाई संसारभरीका चार सय २० जोडीमाथि चाँडै नै परीक्षण गरिने बताइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया