Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘इन्साइट ल्याण्डर’ नाम दिइएको अन्तरिक्ष यान नेपाली समयअनुसार आज बिहान १ बजेर ३८ मिनेट जाँदा मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको हो ।

मंगल ग्रहको जमिन र आन्तरिक भागको अध्ययन गर्ने लक्ष्यसहित नासाले ‘इन्साइट ल्याण्डर’ नामक अन्तरिक्ष यान पठाएको हो ।

यो यानको रोबोर्टले ग्रहको भित्री क्षेत्रका बारेमा अध्ययन गर्ने छ । पृथ्वीपछि पहिलो पटक अरु कुनै ग्रहको यस्तो अध्ययन हुन लागेको यो पहिलो पटक हो ।

अब रोबोर्टले मंगल ग्रहका बारेमा प्राप्त जानकारी पठाउने छ । क्यालिफोर्नियामा रहेको नासाको यो मिसन कन्ट्रोल गर्ने जेट प्रोपुल्सन ल्याबोरेटरीमा रोबार्ट मंगल ग्रहमा अवतरण भएको खुशीयाली मनाइएको छ । नासाले यो दिन उत्कृष्ट रहेको बताएको छ ।

अब वैज्ञानिकहरु यो अन्तरिक्ष यान पूर्णरुपमा ठीक रहेको जानकारीको प्रतिक्षामा छन् । साथै यानले पठाउने त्यहाँ वरपरका तस्बिर र सन्देशको पनि प्रतिक्षा गरिरहेका छन् ।

इन्साइट ल्याण्डरले यी सबै जानकारी अबका केही घण्टाभित्रै पृथ्वीमा पठाउने सम्भावना रहेको वैज्ञानिकहरु बताउँछन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो अभियानमा संलग्नहरुलाई बधाइ दिएका छन् ।

तपाईको प्रतिक्रिया