Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडाैं – आयरल्यान्डको वायुसेवा नियोगले त्यहाँको दक्षिणपूर्वी भागमा देखिएको भनिएको चम्किलो प्रकाश र युएफओकाबारे अध्ययन सुरु गरेको छ । ब्रिटिस एयरवेजका पाइलटले नोभेम्वर ९ मा साहनन एयर ट्राफिक कन्ट्रोललार्इ आकाशमा केही वस्तु देखेकोबारे खबर गरेपछि यो घटना बाहिर आएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पाइलटले एयर ट्राफिकसँग त्यहाँ केही वस्तु ‘एकदमै छिटो चलिरहेको’ देखेकाले त्यहाँ सैन्य अभ्यास भइरहेकोबारे बुझ्न सम्पर्क गरेको बताइएको बीबीसीले जनाएको छ । क्यानाडियन शहर मोनट्रियलबाट हिटथ्रो जाँदै गरेको सो विमानकी पाइलटले आफूले ‘चम्किलो प्रकाश देखेको र विमानको नजिकैबाट एउटा वस्तु देखेको’ बताइन् ।

आफ्नो विमानसँग त्यो वस्तु ठोक्किने सम्भावना आफूले नदेखेको भन्दै उनले भनिन् ‘त्यो वस्तु के होला भनेर सोचिरहँदा सम्म त्यो एक्कासी उत्तर दिशातर्फ बिलायो ।’ भर्जिन प्लेनका एक पाइलटले भने त्यो कुनै उल्का तारा वा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको कुनै वस्तु हुन सक्ने बताएको छ ।  उनले केही वस्तुहरुले लगातार एउटै दिशामा उडिरहेको र तिनीहरु निकै चम्किलो देखिएको बताए ।

उनले आफूले दुर्इ चम्किलो प्रकाश युक्त प्रकाश देखेको बताए । एक जना पाइलटले भने ती वस्तुहरुको गति ‘ मार्च २ मा जस्तै एस्ट्रोनोमिकल'(ध्वनीको भन्दा दुर्इ गुणा छिटो ) रहेको बताए । यी सबै रिपोर्टहरुका आधारमा आइरिस वायु सेवा नियमले अनुसन्धान सुरु गरेको बताएको छ ।

तपाईको प्रतिक्रिया