Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

काठमाडौं – नेपाल टेलिकमको टेलिफोन सेवामा विहानैदेखि समस्या आएको छ । समस्याका कारण देशभरको टेलिफोन तथा मोबाइल सेवा प्रभावित भएको छ । यसबाट टेलिकमका लाखौं उपभोक्ता समस्यामा परेका छन् ।

टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले प्राविधि कारणले भ्वाइस कलमा समस्या आएको बताउनुभयाे । उहाँले प्राविधिक रुपमा समस्या समाधानका लागि प्रयास भइरहेको जानकारी दिनुभयाे । तर, समस्या कतिबेला हट्छ भन्नेबारे टेलिकमले केही बताएको छैन । समस्या देखिएपछि टेलिकमका प्राविधिकहरु मर्मतमा खटिएका छन् ।

तपाईको प्रतिक्रिया